Sunday, July 5, 2026
spot_img

तल्लो अरुण हाइड्रो प्रभावितको मुआब्जा: दिदिङवासीलाई रोपनीको १३ लाखसम्म

spot_img

जिल्ला प्रशासन कार्यालय संखुवासभाले ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजनाको लागि थप प्राप्ति गरिने जग्गाको मुआव्जा निर्धारण गरेको छ ।  आयोजनालाई आवश्यक पर्ने साविक दिदिङ गा.वि.स वडा नं. १, ३ र ८ का जग्गा स्थायी रुपमा प्राप्ति गर्ने प्रक्रिया बढाउँन लागिएको हो ।

कार्यालयका अनुसार जग्गा प्राप्ति ऐन २०३४ को दफा ९ को उपदफा १ को प्रयोजनको लागि २०८०/१०/०६ को सूचनामा उल्लेखित प्राप्ति गरिने जग्गाहरु र सो जग्गामा रहेका स्थलगत सुक्ष्म अध्ययन प्रतिवेदनमा उल्लेखीत घर, गोठ,टहरा तथा रुख विरुवा समेतको मुआव्जा निर्धारणबारे  २०८२ / ०८ / ०२ को बैठकबाट निर्णय भएको हो ।

जसमा ति जग्गाको मुआब्जा प्रति रोपनी ५ लाखदेखि १३ लाखसम्म तोकिएको छ। अति पाखोको हकमा प्रति रोपनी ५ लाख तोकिएको हो भने सडकसँग जोडिएका खेतको प्रति रोपनी १३ लाख तोकिएको छ।

सम्बन्धित जग्गाधनिहरुले सक्कलै नागरिकताको प्रमाणपत्र, जग्गाधनि प्रमाण पुर्जा, चालु आ.व को तिरो तिरेको रसिद लगायतको जग्गाको हकभोग सम्वन्धि आफु सँग भएका सवुद निस्सा प्रमाण सहित मुआब्जा लिन रु १० को हुलाक टिकट टाँसी रित पुर्वकको निवेदन सहित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न भनिएको छ। जग्गा प्राप्ति ऐन २०३४ को दफा १८(२) बमोजिम मुल्यमा चित्त नवुझे १५  दिन भित्र गृह मन्त्रालयमा निवेदन दिन सकिनेछ ।

हेर्नुस् कुन जग्गाको मुआब्जा कति ?

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बिपी राजमार्ग बन्द

रोशी खोलामा पानीको सतह बढ्दै गएपछि बीपी राजमार्गमा सवारी...

‘नाडा अटो शो’ को स्टल बाँडफाँड सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाले भदौ ९ गतेदेखि १४...

नेपाली सडकमा ‘ईभी क्रान्ति’

नेपालका सडकमा केही वर्षअघिसम्म विद्युतीय सवारी (ईभी) को उपस्थिति...

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...
spot_img