Sunday, July 5, 2026
spot_img

हाइड्रो मध्ये प्रतिफलमा अब्बल माउन्टेन इनर्जी, ४ वर्षदेखि लगातार डबल डिजिटको लाभांश

spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत भएका हाइड्रोपावर कम्पनीहरु मध्ये थोरै कम्पनीले मात्र लाभांश दिने गरेका छन्। ति मध्ये पनि नियमित लाभांश दिने हाइड्रोपावर कम्पनी निकै न्यून छन् । एकाधले मात्र नियमित र दोहोरो अंकको लाभांश दिएका छन् ।

ति एकाथ कम्पनी मध्येका हुन् माउन्टेन इनर्जी नेपाल र रुरु जलविद्युत। पछिल्लो चार वटा आर्थिक वर्षमा लगातार दोहोरो अंकको लाभांश दिने हाइड्रो कम्पनी यी दुई वटा मात्र हुन् । यी दुई मध्ये पनि लाभांश दर तुलना गर्दा रुरु भन्दा माउन्टेन अब्बल देखिएको छ ।

यसको लागि आर्थिक वर्ष २०७८/७९ देखि आर्थिक वर्ष २०८१/८२ सम्ममा हालसम्म दोहोरो अंकको लाभांश दिएका हाइड्रो कम्पनीको लाभांश दर विश्लेषण गरिएको छ। आर्थिक वर्ष २०७८/७९ मा रिडी हाइड्रो, कालिका पावर, चिलिमे हाइड्रो, बुटवल पावर, अरुण काबेली पावर, रुरु जलविद्युत, माउन्टेन इनर्जी, युनाइटेड इदी मार्दी र सिक्लेस हाइड्रोले मात्र दोहोरो अंकको लाभांश दिएका थिए।

आर्थिक वर्ष २०७९/८० मा माउन्टेन इनर्जी, चिलिमे हाइड्रो, सानिमा माई हाइड्रो, भगवती हाइड्रो, रुरु जलविद्युत, कालिका पावर, र मान्डु हाइड्रोले दोहोरो अंकको लाभांश दिएका थिए।

आर्थिक वर्ष २०८०/८१ मा कुथेली बुखरी हाइड्रो, ग्रिन भेन्चर्स, सानिमा माई हाइड्रो, चिलिमे हाइड्रो, मान्डु हाइड्रो, सुपर माई हाइड्रो, भगवती हाइड्रो, रुरु हाइड्रो र माउन्टेन इनर्जीले दोहोरो अंकको लाभांश दिएका थिए।

आर्थिक वर्ष २०८१/८२ मा हालसम्म लाभांश घोषणा गरेका मध्ये दोहोरो अंकको लाभांश घोषणा गर्नेमा मिड सोलु, सिक्लेस हाइड्रो, भगवती हाइड्रो, माउन्टेन इनर्जी र साहस उर्जा रहेका छन् ।

यस हिसाबमा हेर्दा रुरु हाइड्रो र माउन्टेन इनर्जीले मात्र आर्थिक वर्ष २०७८/७९ देखि आर्थिक वर्ष २०८०/८१ मा सम्म लगातार दोहोरो अंकको लाभांश दिएका छन् । माउन्टेन इनर्जीले आर्थिक वर्ष २०८१/८२ को लाभांश घोषणा गरिसकेको भएपनि रुरुले आर्थिक वर्ष २०८१/८२ को लाभांश घोषणा गर्न बाँकि छ । यसो हुँदा रुरु हाइड्रो र माउन्टेन इनर्जीले आर्थिक वर्ष २०७८/७९ देखि आर्थिक वर्ष २०८०/८१ मा दिएको लाभांश तुलना गर्नु पर्ने हुन्छ ।

रुरु हाइड्रोले यी आर्थिक वर्षमा क्रमश  १०.५२६३ प्रतिशत, १०.५२६३ प्रतिशत र १५.७८९ प्रतिशत लाभांश दिएको थियो। जुन कुल ३६.८४१ प्रतिशत हुन आउंछ ।

माउन्टेन इनर्जीले भने यी आर्थिक वर्षमा क्रमश १०.५२६३ प्रतिशत, १५.७८९५ प्रतिशत र १५.७८९५ प्रतिशत लाभांश दिएको थियो। जुन कुल ४२.१०५३ हुन आउंछ । यस हिसाबमा आर्थिक वर्ष २०७८/७९ देखि आर्थिक वर्ष २०८०/८१ सम्मको लाभांश तुलना गर्दा रुरुको तुलनामा माउन्टेन अब्बल देखिएको हो ।

यदि आर्थिक वर्ष २०८१/८२ को लागि रुरुले २४.३१७ प्रतिशत लाभांश दिएमा पछिल्ला ४ आर्थिक वर्षलाई तुलना गर्दा रुरुले माउन्टेनलाई उछिन्ने छ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बिपी राजमार्ग बन्द

रोशी खोलामा पानीको सतह बढ्दै गएपछि बीपी राजमार्गमा सवारी...

‘नाडा अटो शो’ को स्टल बाँडफाँड सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाले भदौ ९ गतेदेखि १४...

नेपाली सडकमा ‘ईभी क्रान्ति’

नेपालका सडकमा केही वर्षअघिसम्म विद्युतीय सवारी (ईभी) को उपस्थिति...

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...
spot_img