Monday, July 6, 2026
spot_img

अपि पावरले बनाउने ५० मेगावाटको मर्स्याङ्दी आयोजनाको लागि इटालीको ट्रोयर एजीसँग सम्झौता

spot_img

अपि पावर कम्पनी लिमिटेडले आफ्नो विद्युत उत्पादन क्षमता विस्तार गर्ने योजनाअन्तर्गत ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाका लागि ट्रोयर एजी, इटाली (Troyer AG, Italy) इलेक्ट्रो–मेकानिकल उपकरण (Electromechanical Equipment) आपूर्ति तथा जडान कार्यको सम्झौता गरेको छ । यो आयोजना लमजुङ जिल्लाको बेसीसहर नगरपालिकामा अवस्थित छ ।

उक्त सम्झौताअनुसार, ट्रोयर एजी, इटाली (Troyer AG, Italy) लाई उपकरण आपूर्ति तथा जडान कार्यको जिम्मेवारी दिइएको छ । सम्झौतामा ह्यान्सपिटर स्कोल्झोर्न, प्रमुख बिक्री विभाग प्रमुख, ट्रोयर एजी इटाली; पवन ढकाल, अध्यक्ष, ट्रोयर हाइड्रो प्रा.लि. भारत र प्रवर्द्धक कम्पनी दिव्य ज्योति हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष सतीश न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार, ट्रोयर एजीले आगामी दुई वर्षभित्र उपकरण आपूर्ति, जडान तथा परीक्षण कार्य पूरा गरी आयोजना विद्युत उत्पादन गर्न सक्षम हुने अवस्थामा ल्याउनेछ ।

लगानी करिब १० अर्ब रुपैयाँ (१००० करोड रुपैयाँ) अनुमान गरिएको यस आयोजनामा ३० प्रतिशत इक्विटी लगानी प्रवर्द्धक समूहबाट र ७० प्रतिशत ऋण लगानी बैंकहरूबाट हुनेछ । आयोजना दुई वर्ष र छ महिनाभित्र व्यावसायिक उत्पादनमा आउने लक्ष्य राखिएको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको उदिपुर सबस्टेशनमा जोडिनेछ, जसले राष्ट्रिय प्रसारण प्रणालीमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ ।

यसअघि, अपि पावर कम्पनी लिमिटेडले दिव्य ज्योति हाइड्रोपावर लिमिटेड (मर्स्याङ्दी बेसी जलविद्युत आयोजना प्रवर्द्धक कम्पनी) का सम्पूर्ण सेयर खरिद गर्ने निर्णय गरेको थियो । आर्थिक र प्राविधिक मूल्यांकनपछि उपयुक्त देखिएको कारण उक्त कम्पनीको स्वामित्व तथा व्यवस्थापन अब अपि पावर कम्पनी लिमिटेडको बहुमत स्वामित्वमा रहनेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बिपी राजमार्ग बन्द

रोशी खोलामा पानीको सतह बढ्दै गएपछि बीपी राजमार्गमा सवारी...

‘नाडा अटो शो’ को स्टल बाँडफाँड सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाले भदौ ९ गतेदेखि १४...

नेपाली सडकमा ‘ईभी क्रान्ति’

नेपालका सडकमा केही वर्षअघिसम्म विद्युतीय सवारी (ईभी) को उपस्थिति...

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...
spot_img