Monday, July 6, 2026
spot_img

कर्णालीमा २७० मेगावाटको भेरी-१ पीआरओआर जलविद्युत आयोजना बन्ने, ८९ सालमा सक्ने लक्ष्य

spot_img

कर्णाली प्रदेशमा २७० मेगावाटको भेरी – १ अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने भएको छ । गेजुवा ग्रुप पावर इन्भेष्टमेण्ट नेपाल प्रा. लि. ले जाजरकोट जिल्लाको नलगाड नगरपालिका र रूकुम पश्चिम जिल्लाको आठबिसकोट नगरपालिकामा भएर बग्ने भेरी नदीको पानीलाई उपयोग गर्दै अर्धजलाशययुक्त प्रारूपमा २७० मेगावाट क्षमताको भेरी १ अर्धजलाशययुक्त जलविद्युत आयोजना (PROR Project) निर्माण गर्न लागेको हो ।

कम्पनीले विद्युत ऐन, २०४९ को दफा ४ र विद्युत नियमावली, २०५० को नियम १२ बमोजिम विद्युत विकास विभागमा आयोजनाको निर्माण लाईसेन्स माग गर्दै दरखास्त पेश गरेको छ। प्रस्तावित  आयोजना निर्माण तथा सञ्चालन गर्दा आयोजना स्थलमा उल्लेखनीय प्रतिकूल असर पर्ने भएमा विद्युत विकास विभाग वा उक्त कम्पनीको कार्यालय समक्ष आफ्नो लिखित राय सुझाव / प्रतिक्रिया पेश गर्न विद्युत विकासले सार्वजनिक सूचना मार्फत आह्वान गरेको छ।

कस्तो छ आयोजना ?

भेरी-१ अर्धजलाशययुक्त (PROR) जलविद्युत आयोजनाको जडित क्षमता २७० मेगावाट हुनेछ र यसबाट बार्षिक सरदर १५६७.३१ गिगावाट घण्टा (GWh) विद्युतिय ऊर्जा उत्पादन हुनेछ । यसको डिजाइन बहाव (Design Discharge) ११३.६४ घनमिटर प्रति सेकेण्ड र कुल हेड (Gross Head) २९३ मिटर रहनेछ ।

यस आयोजनाको सम्पूर्ण संरचनाहरू जाजरकोट जिल्लाको नलगाड नगरपालिका तथा रूकुम पश्चिम जिल्लाको आठबिसकोट नगरपालिका भएर बग्ने भेरी नदीको दायाँ किनारामा रहनेछन् । भेरी नदीमा बाँध बाँधी नदीको दायाँ किनारामा निर्माण हुने साइड इन्टेकबाट पानी फर्काइ सो पानीलाई आयोजनाका मुख्य संरचनाहरू बाँध, डिस्याण्डिङ बेसिन, हेड रेस सुरूङ, सर्ज ट्यांक, पेनस्टक पाइप हुँदै विद्युत गृहमा लगिनेछ । तत्पश्चात टेलरेस नहर मार्फत पुनः भेरी नदीमा पठाइनेछ ।

विद्युत उत्पादनको लागि भेरी नदीको पानी फर्काउन ज्यामिरे गाउँ भन्दा करिब १ कि.मि. तलपट्टि (Downstream) बनाइने बाँधको लम्बाई २५१.९ मिटर र खोलाको जमिन सतहबाट ३८५ मिटर अग्लो रहनेछ भने यस बाँध ( Sluice Dam + CSG Joint Dam) को क्रेष्ट लेभल भेरी नदीमा समुद्री सतहबाट १३९३.५ मिटर उचाइमा रहनेछ । बाँधका कारण भेरी नदीमा बाँधैदेखि करिब ३ किलो मिटर माथिसम्म पिकिङ प्रयोजनका लागि जलाशयको निर्माण हुनेछ । जसका फुल सप्लाई लेभल १३९० masl र सतहको क्षेत्रफल करीब १७ बर्ग किलोमिटर हुनेछ भने उक्त जलाशायमा करीब ८.३३ मिलियन घनमिटर पानी सञ्चय गर्न सकिनेछ । जसबाट पिकिङ समयमा करीब ६ घण्टासम्म आयोजनालाई पूर्ण क्षमतामा सञ्चालन गर्न सकिनेछ । बाँधमा १२ मिटर चौडाइ र २० मिटर उचाइको ३ वटा Flood Sluice Gate रहनेछन् । बाँधको दायाँ किनारा पट्टी २ वटा Orifice भएको २५.०७ मिटर लम्बाइ, ३३.६ मिटर चौडाइ र २३ मिटर उचाइको साइड इन्टेक (Side Intake ) बनाइनेछ । साइड इन्टेक पछि ५ मिटर व्यास र ८१७ मिटर लम्बाइ भएको कनेक्टिङ्ग सुरूङ्ग हुँदै २१५ मिटर लम्बाई, १४ मिटर चौडाइ र १५५८ मिटर उचाइ भएको २ वटा बे सहितको भूमिगत डिस्याण्टिङ बेसिन (Desanding Basin) मा पानी लगिनेछ । डिस्याण्टिङ बेसिन (Desanding Basin) बाट ७१५८ मिटर लामो ६.५ मिटर भित्र व्यास भएको हेडरेस सुरूङ्ग हुँदै ११ मिटर व्यास र १३२ मिटर उचाइ भएको सर्ज शाफ्टसम्म तथा त्यहाँबाट ८१८ मिटर लम्बाइ र ५४ मिटर व्यास भएको पेनस्टक पाइप मार्फत पानीलाई भेरी नदीको दायाँ किनारा पट्टी प्रस्तावित सतही विद्युत गृहमा पुर्याइनेछ ।

तल्लु गाउँ भन्दा करिब १.२ कि.मि. तलपट्टि (Downstream ) भेरी नदीको दायाँ किनारा तर्फ प्रस्ताव गरिएको ७४.५ मिटर लम्बाइ र ३८८ मिटर चौडाइ भएको सतही विद्युत गृहमा जडान गरिने ३ वटा ९० मेगावाट क्षमताका फ्रान्सिस टर्वाइनहरुमा पानी खसाली सो टर्वाइनसँग जोडिएका ३ वटा ०.८५ पावर फ्याक्टर र १०५.८८ मेगाभोल्ट एम्पियर (MVA) क्षमताका सिंक्रोनस जेनेरेटर मार्फत २७० मेगावाट विद्युत उत्पादन गरिनेछ । टर्वाइनको एक्सिस लेभल समुद्री सतहबाट करिब १०९१ मिटर उचाइमा हुनेछ ।

विद्युत उत्पादनपछि १० ११ मिटर चौडाइ भएको टेलरेस नहर मार्फत पानीलाई पुनः भेरी नदीमा पठाइनेछ । नर्मल टेलवाटर लेभल समुद्री सतहबाट करिब १०९८४२ मिटर र न्यूनतम टेलवाटर लेभल करिब १०९७.३८ मिटर उचाइमा हुनेछ ।
विद्युत गृहमा उत्पादित विद्युतलाई विद्युत गृहको नजिकै बाहिर पट्टि बनाइने स्वीचयार्डमा जडान हुने १३.८/४२० के. भि. भोल्टेज रेसियो र ११० एम. मि. ए. क्षमता भएका ३ वटा पावर ट्रान्सफर्मरमा जोडी त्यहाँबाट करिब २० कि.मि. लम्बाइमा बनाइने ४०० के.भी. को डबल सर्किट प्रसारण लाइन मार्फत राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लि.द्वारा प्रस्तावित ४०० / १३२ के. भि. को नलगाड सब-स्टेशनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ ।

प्रस्तावित आयोजनाको बाँध क्षेत्र भन्दा तल्लो तथा विद्युत गृह भन्दा माथिल्लो क्षेत्रमा पाइने जीवजन्तु, जलचर तथा बोट विरुवाको लागि स्वीकृत हुने वातावरणीय प्रभाव मूल्यांकन (EIA) प्रतिवेदन अनुसार भेरी नदीमा निरन्तर पानी छाड्ने प्रस्ताव गरिएको छ ।

यो आयोजनाबाट आर्थिक वर्ष २०८८/०८९ सम्ममा विद्युत उत्पादन हुने प्रस्ताव गरिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बिपी राजमार्ग बन्द

रोशी खोलामा पानीको सतह बढ्दै गएपछि बीपी राजमार्गमा सवारी...

‘नाडा अटो शो’ को स्टल बाँडफाँड सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाले भदौ ९ गतेदेखि १४...

नेपाली सडकमा ‘ईभी क्रान्ति’

नेपालका सडकमा केही वर्षअघिसम्म विद्युतीय सवारी (ईभी) को उपस्थिति...

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...
spot_img