तेह्रथुम पावर लिमिटेडको अध्यक्ष पदमा लक्षुमन तिवारी नियुक्त भएका छन् । कम्पनीको कार्तिक १९ गते बसेको संचालक समितिको बैठकले अध्यक्षमा तिवारीलाई नियुक्त गर्ने निर्णय गरेको हो। उनी यस अघि नै कम्पनीको संचालक थिए।
कम्पनीले यस अघि अध्यक्ष रहेका भूपतिलाल श्रेष्ठ जिम्मेवारी हेरफेर गरि उनलाई प्रबन्ध संचालकमा मनोनयन गर्ने निर्णय गरेको छ। कम्पनीले यस अघि प्रबन्ध संचालक रहेका मोहन डाँगीको राजीनामा स्वीकृत गरेको छ। डाँगी स्थापनाकालदेखि नै कम्पनीको कार्यकारी संचालकको रुपमा थिए।
कम्पनीले निर्माण गरेको ७.५ मेगावटको माथिल्लो खोरूङ्गा खोला साना जलविद्युत आयोजनाबाट विद्युतको व्यवसायिक उत्पादन गरेको ६७ महिना पश्चात डाँगीले संचालक पद छोडेका हुन् । उनले लालुपाते हाइड्रोपावरले निर्माण गरिरहेको ८३.२५ मेगावाटको दाना खोला जलविद्युत आयोजनालाई समय दिनु पर्ने भएकोले तेह्रथुम पावरबाट राजीनामा दिएका हुन् ।
डाँगी बाहिरिएसंगै तेह्रथुम पावरको रिक्त रहेको संचालक पदमा भने होम प्रसाद डाँगी मनोनित भएका छन्।









