Wednesday, July 8, 2026
spot_img

बुट मोडलमा २ वटा हाइड्रोपावर आयोजना बनाउन विभागले सर्टलिस्ट गर्यो कम्पनी

spot_img

विद्युत विकास विभागले बुट मोडलमा २ वटा हाइड्रोपावर आयोजना निर्माण गर्नको लागि कम्पनी सर्टलिस्ट गरेको छ। विभागले आशयपत्र माग गर्दा परेका आवेदनहरु मध्येबाट कम्पनी सर्टलिस्ट गरेको हो।

विभागले बुट मोडलमा २७.९ मेगावाटको मिडल इन्खु खोला र १२.५०४ मेगावाटको मैवा खोला जलविद्युत आयोजना  निर्माण गर्नको लागि आशयपत्र माग गरेको थियो। विभागले आशयपत्रहरु मध्येबाट  कम्पनी सर्टलिस्ट गरेको हो।

जस अनुसार २७.९ मेगावाटको मिडल इन्खु खोला जलविद्युत आयोजना निर्माण गर्नको लागि अपर हेवाखोला हाइड्रो र पिउपुल्स हाइड्रो सम्मिलित जोइन्ट भेन्चर कम्पनी सर्टलिस्ट भएको छ। त्यस्तै गावाटको मैवा खोला जलविद्युत आयोजना निर्माण गर्न रिज लाइन इनर्जी सर्ट लिस्ट भएको छ।

अब सर्टलिस्टमा परेका कम्पनीले विभागमा प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्नु पर्ने छ। त्यसको लागि असोज २६  गते दिउँसो १२ बजेसम्मको समय तोकिएको छ। सोहि दिन दिउँसो १ बजे प्रस्ताव खोलिने छ। त्यसपछि प्राविधिक प्रस्तावको मुल्यांकन गरिने छ। जसमा प्रविधिक क्षमतालाई अधिकतम ४५ अंक, वित्तीय क्षमतालाई अधिकतम ३५ अंक र अनुभवलाई अधिकतम २० अंक प्रदान गरिने छ। प्राविधिक प्रस्ताव योग्य हुनको लागि कम्तिमा ६० अंक प्राप्त गर्नु पर्ने छ। ति मध्ये सबैभन्दा बढी upfront fee पेश गर्नेलाई छनौट हुने छ ।

यद्यपि एक मात्र कम्पनी सर्ट लिस्ट भएकोले आर्थिक र प्राविधिक प्रस्ताव पास भएमा यिनै कम्पनीले ति आयोजनाको लाइसेन्स पाउने छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

‘पुँजीबजार विकास मार्गचित्र’ ल्याउँदै धितोपत्र बोर्ड, धमाधम सुझाव सङ्कलन गर्दै अध्यक्ष भट्ट

नेपाल धितोपत्र बोर्डले यथाशीघ्र पुँजीबजार विकास मार्ग चित्र (Capital...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर अवार्ड’ प्राप्त प्रोटोन ई.एमएएस—५ अब नेपालमा

नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार...

सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ईभीमा लोन टू भ्यालू रेसियो सहजीकरण गर्ने राष्ट्र बैंकको घोषणा

नेपाल राष्ट्र बैंकले सार्वजनिक सवारीका रुपमा विद्युतीय सवारी साधनको...

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति...

आगामी आर्थिक वर्ष निजी क्षेत्रतर्फ ११ प्रतिशतले कर्जा विस्तार हुने प्रक्षेपण

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा ११ प्रतिशत कर्जा...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकले बर्दिया जिल्लाको बाँसगढी नगरपालिका ५ मा अवस्थित...
spot_img