Wednesday, July 8, 2026
spot_img

अब विद्युत व्यापारमा निजी क्षेत्रको समेत सहभागिता सुनिश्चित हुन्छ: मन्त्री खड्का

spot_img

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले विद्युत व्यापारमा अब निजी क्षेत्रको समेत सहभागिता सुनिश्चित हुने बताएका छन्।

पूर्व सचिव दिनेश कुमार घिमिरेको संयोजकत्वमा गठित विद्युत व्यापार अध्ययन तथा सुझाव समितिले पेश गरेको प्रतिवेदन बुझ्दै मन्त्री खड्काले नेपालको जलविद्युत् क्षमता सदुपयोग गर्न सरकारी मात्र नभई निजी क्षेत्रलाई पनि आन्तरिक तथा अन्तरदेशीय विद्युत व्यापारमा समान अवसर दिनुपर्ने आवश्यकता औंल्याए।

उनले विद्युत निर्यात र आयात दुवै प्रक्रियामा निजी क्षेत्रको सहभागिताले प्रतिस्पर्धा, दक्षता र लगानी बढाउने बताए। यसले नेपालले लिएको २८ हजार पाँच सय मेगावाट उत्पादनको लक्ष्य हासिल गर्न महत्वपूर्ण टेवा पुग्ने भन्दै मन्त्री खड्काले नेपाल उपभोक्ता मात्र नभई क्षेत्रीय स्तरमा विद्युत आपूर्तिकर्ता राष्ट्रका रूपमा अघि बढ्न सक्ने उल्लेख गरे।

समितिले विद्युत व्यापारलाई व्यवस्थित र दीर्घकालीन रणनीतिसँग जोड्न आन्तरिक तथा अन्तरदेशीय व्यापारमा छुट्टै कम्पनीमार्फत कार्य सञ्चालन गर्नुपर्ने, आवश्यक नीति तथा प्रचलित कानुन परिमार्जन गर्ने, प्रसारण पूर्वाधारको सुदृढीकरण र क्षेत्रीय बजार पहुँच सुनिश्चित गर्ने जस्ता विषयमा सुझाव दिएको छ। साथै, निजी क्षेत्रको लगानी प्रवर्द्धनका उपाय, मित्रराष्ट्रहरूसँगको सहकार्य, र द्विपक्षीय, त्रिपक्षीय तथा बहुपक्षीय व्यापारिक मोडेलका सम्भावनाबारे विस्तृत अध्ययनसमेत प्रतिवेदनमा समेटिएको छ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, विद्युत विकास विभाग, विद्युत नियमन आयोग, नेपाल विद्युत प्राधिकरण, विज्ञ तथा स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (IPPAN) का प्रतिनिधिहरूले प्रतिवेदन तयार पारेर ऊर्जा मन्त्री खड्कालाई बुझाएका हुन्।

ऊर्जा विज्ञहरूले सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई ऐतिहासिक कदमको रूपमा व्याख्या गर्दै यसले नेपालको दीर्घकालीन ऊर्जा रणनीति सुदृढ हुने, प्रतिस्पर्धात्मक वातावरण सिर्जना हुने र राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउन ठूलो योगदान गर्ने अपेक्षा व्यक्त गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

एलआरआर मोटर्स बन्यो स्काईवेलको आधिकारिक आयातकर्ता, गाडीभन्दा पहिले पार्टस् झिकाउँदै

नेपालका लागि चिनियाँ प्रिमियम इलेक्ट्रिक सवारी ब्रान्ड स्काईवेल/स्काईवर्थको आधिकारिक...

‘पुँजीबजार विकास मार्गचित्र’ ल्याउँदै धितोपत्र बोर्ड, धमाधम सुझाव सङ्कलन गर्दै अध्यक्ष भट्ट

नेपाल धितोपत्र बोर्डले यथाशीघ्र पुँजीबजार विकास मार्ग चित्र (Capital...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर अवार्ड’ प्राप्त प्रोटोन ई.एमएएस—५ अब नेपालमा

नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार...

सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ईभीमा लोन टू भ्यालू रेसियो सहजीकरण गर्ने राष्ट्र बैंकको घोषणा

नेपाल राष्ट्र बैंकले सार्वजनिक सवारीका रुपमा विद्युतीय सवारी साधनको...

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति...

आगामी आर्थिक वर्ष निजी क्षेत्रतर्फ ११ प्रतिशतले कर्जा विस्तार हुने प्रक्षेपण

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा ११ प्रतिशत कर्जा...
spot_img