Friday, August 7, 2026
spot_img

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले डोल्मासँग मिलेर ९० मेवाको सोलार आयोजना बनाउने

spot_img

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डको प्रबन्धक ग्लोबल इक्विटी फण्ड लिमिटेडले डोल्मा इम्प्याक्ट फण्डसँग सहकार्य गर्दै ९० मेगावाटको सौर्य ऊर्जा परियोजनामा महत्वपूर्ण लगानी गर्ने घोषणा गरेको छ। यसका लागि ग्लोबल इक्विटी फण्ड लिमिटेडले डोल्मा इम्प्याक्ट फण्ड अन्तर्गतको सोलार फार्म लिमिटेडमा आंशिक स्वामित्व किनेको छ।

यो रणनीतिक लगानी नेपालले वैकल्पिक ऊर्जा स्रोतको अपार सम्भावनालाई उपयोग गर्दै आन्तरिक ऊर्जा माग पूरा गर्ने, आयातित इन्धनमा निर्भरता घटाउने र दीगो ऊर्जा भविष्यतर्फ अघि बढ्ने लक्ष्यमा केन्द्रित भइरहेको अवस्थामा आएको हो। सोलार फार्म लिमिटेड नेपालकै अग्रणी अन-ग्रिड सौर्य स्वतन्त्र विद्युत उत्पादक (IPP) हो, जसले तनहुँको चौतारास्थित ५ मेगावाटको सौर्य फोटोभोल्टाइक प्लान्ट सञ्चालन गर्दै आएको छ । सोलार फार्म लिमिटेडले दुईवटा सहायक कम्पनीहरू (SPVS) – सोलार फार्म लुम्बिनी (५० मेगावाट) र सोलार फार्म बुद्धभूमि (४० मेगावाट) मार्फत ९० मेगावाटको अन-ग्रिड सौर्य परियोजना विकास गर्न बोलपत्र जितेको छ ।

नेपाल इनफ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्डको यो लगानीले ग्लोबल इक्विटी फण्डलाई सौर्य क्षेत्रमा सबैभन्दा ठूला संस्थागत लगानीकर्तामध्ये एक बनाएको छ । ग्लोबल इक्विटी फण्डले आफ्ना विभिन्न लगानी साधनमार्फत २५ मेगावाटको पशुपति रिन्युएबल्स, ६.८ मेगावाटको जी.आई. सोलार र अफ-ग्रिड सौर्य कम्पनी घाम पावर लगायतका परियोजनामा लगानी गरेको छ ।

नेपाल इनफ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्डका अध्यक्ष डा. मनिष थापाले भने, “सोलार फार्म लिमिटेड र यसको सहायक कम्पनीहरूमा ९० मेगावाट सौर्य परियोजना विकासका लागि गरिएको हाम्रो रणनीतिक लगानी, नेपालमा दिगो पूर्वाधार विकास प्रवर्द्धन गर्ने हाम्रो कोषको उद्देश्यसँग मेल खान्छ। सौर्य ऊर्जाले नेपालको प्रमुख जलविद्युत क्षेत्रको पूरकको रूपमा काम गर्दै ऊर्जा सन्तुलन बढाउन महत्त्वपूर्ण भूमिका खेल्छ । नेपाल जलविद्युतमा अत्यधिक निर्भर छ, जुन नवीकरणीय भए पनि मौसमी विविधताका कारण सुक्खायाममा उत्पादन कम हुने जस्ता चुनौतीहरूको सामना गर्छ । नेपालको अनुकूल भौगोलिक अवस्थिति र उच्च सौर्य विकिरणका कारण सौर्य ऊर्जाले यो कमीलाई पूरा गर्न भरपर्दो विकल्प प्रदान गर्दछ । ऊर्जा मिश्रणमा सौर्य ऊर्जालाई एकीकृत गरेर नेपालले आयातित बिजुलीमाथिको निर्भरता घटाउन, कम जलविद्युत उत्पादन हुने अवधिमा स्थिर बिजुली आपूर्ति सुनिश्चित गर्न र ऊर्जा सुरक्षालाई प्रवर्द्धन गर्न सक्छ । साथै, ठूला जलविद्युत परियोजनाहरूको तुलनामा चाँडै निर्माण गर्न सकिने सौर्य परियोजनाहरूले ग्रामीण विद्युतीकरणलाई सहयोग पुयाउँछ, प्रसारण नोक्सानी घटाउँछ र सफा, थप लचिलो ऊर्जा प्रणालीमा योगदान पुऱ्याउँछ, जुन नेपालको दिगो विकास लक्ष्यहरूसँग पनि मेल खान्छ।”

नेपालमा नवीकरणीय ऊर्जा र ठूला स्तरका ऊर्जा परियोजनाको विकासको महत्वपूर्ण आवश्यकता र अवसरलाई मध्यनजर गर्दै, हिमालयन एभरेष्ट इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल-री इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रवर्द्धनमा नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड स्थापना भएको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विशेष नम्बर प्लेटः राजस्वको नयाँ स्रोत

दीपक थपलिया हाम्रा प्रदेश सरकारहरू राजस्व बढाउने नयाँ स्रोत खोजिरहेको...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार पनि सुनचाँदीको भाउ बढेको छ । बिहिबार...

सरकारको उपहार योजनाः २५० रुपैयाँको सामान किन्दा एक उपभोक्ताले जिते १० लाख (सूची)

सरकारले सुरु गरेको ‘करदाता प्रोत्साहन उपहार’ कार्यक्रमको पहिलो घोषणा...

३ जना संघीय मन्त्रीको उपस्थितिमा किसानका समस्याबारे छलफल

नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोकलगायत जिल्लाका किसानले भोगिरहेका समस्या, कृषि...

घरजग्गा कारोबारको लाइसेन्स लिन २१ दिने सूचना आह्वान

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न...

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट समितिले ५ जनाको...
spot_img