Tuesday, July 15, 2025

मलेखुदेखि धादिङ सबस्टेशनसम्म निर्माण भएको प्रसारणलाइन चार्ज हुँदै, नजिक नजान आग्रह

spot_img
spot_img

नेपाल विद्युत प्राधिकरणको धादिङ वितरण केन्द्रले मलेखु सब-स्टेशनदेखि धादिङ सब-स्टेशनसम्म निर्माण भएको ३३ के.भी. डबल सर्किट लाइन चार्ज गर्ने भएको छ । केन्द्रले असार १९ गतेदेखि सो ३३ के.भी. डबल सर्किट लाइनको टेष्टिङ्ग तथा चार्जिङ्ग कार्य गर्न लागेको हो ।

त्यस क्षेत्रमा निर्माण भएको लाईनको पोल, तार र स्टे आदिमा नजिक नजान तथा नछुन केन्द्रले आग्रह गरेको छ। यस सूचनालाई अटेर गरी लापरवाहीको कारण कुनै पनि विद्युतिय दुर्घटना हुन गएमा ने. वि. प्रा, धादिङ बितरण केन्द्र जवाफदेही नहुने केन्द्रले प्रष्ट पारेको छ।

साथै विद्युत प्रसारणको क्रममा कुनै पनि स्थानमा तार चुडेको, स्पार्क भएको वा कुनै कैफियत देखिएमा तत्काल कार्यालको फोन नम्बर ०१०-५२०२५२, ०१० ५२१०६३, ०५०-५२०१३२, ९८५११०५१३२ (कार्यालय प्रमुख वा नजिकको प्रहरी कार्यालयमा जानकारी गरिदिन केन्द्रले आग्रह गरेको छ ।

सो प्रसारण लाइन मलेखु सब-स्टेशन देखि खानीगाउँ, ईजु हटियाँ, कुम्पुर भञ्ज्याङ, बाघबच्छला, चाँपखोला, मर्स्याङछाप, डम्बरडाँडा, ससाहा, धादिङ पुच्छार बजार हुँदै धादिङ सब-स्टेशनसम्म पुग्छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

सार्वजनिक यातायात क्षेत्रका दुइ महासंघबीच एकता गर्ने तयारी

सार्वजनिक यातायात क्षेत्रका दुइ ठूला छता संगठनबीच एकताको तयारी...

आईपीओको तयारीमा रहेको महानगर यातायातले १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याउँदै

काठमाडौँको ‘रिङ– रोड’मा सार्वजनिक यातायात सेवा दिँदै आएको महानगर...

ओझा निलम्बनमा परेपछि बीमा प्राधिकरण अध्यक्षमा पोखरेल, लिए सपथ

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको...

 माछापुच्छ्रे क्यापिटलद्वारा श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छ्रे क्यापिटल लिमिटेडले श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग...

ईभीको बढ्दो दुर्घटनाः प्रविधि असुरक्षित होइन, दोष कसको ?

अहिले सामाजिक सञ्जालमा विद्युतीय सवारी साधनको दुर्घटनालाई अस्वभाविक रुपमा...

एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी...
spot_img