हिमालय उर्जा विकास कम्पनीले निष्काशन गर्ने हकप्रद सुरक्षित गर्ने आज असार १९ गते अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि २०८१ असार २० गते बुकक्लोज गर्ने निर्णय गरेकोले आज असार १९ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।
नेपाल धितोपत्र बोर्डले असार ७ गते हिमालय उर्जा विकास कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको छ। बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले १:१ अको अनुपातमा शतप्रतिशतले हुन आउने ९९ लाख कित्ता हकप्रद निष्काशन गर्ने छ । कम्पनीले ९९ करोड बराबरको हकप्रद निष्काशन गर्ने छ । कम्पनीले हकप्रद निष्काशनको मिति भने तय गरिसकेको छैन ।
हकप्रद शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ ।