Sunday, May 3, 2026
spot_img
spot_img

जलविद्युतमा गरिएको लगानीको प्रतिफल सुनिश्चित छ : संजिव न्यौपाने

spot_img
spot_img

संजिव न्यौपाने

नेपाल जलस्रोतमा प्रचुर सम्भावना बोकेको मुलुक हो । खाडी देशहरु तेलको बिक्रीबाट धनी भएजस्तै नेपाल जलविद्युतबाट धनी हुनसक्छ । प्रकृतिले नै नेपाललाई त्यो वरदान दिएको छ, हिमालबाट बग्ने कन्चन पानीबाट जलविद्युत उत्पादन गरेर हामी सम्पन्न हुन सक्छौ।

नेपालको हकमा जलविद्युत् क्षेत्र लगानीको लागि एकदमै मुनाफादायी र व्यवसायको सुनिश्चितता भएको क्षेत्र हो । जलविद्युतको माग घट्ने देखिँदैन, र यो एउटा यस्तो क्षेत्र हो, जहाँ जतिसुकै आपूर्ति दिएपनि बजारले लिन्छ । बिजुली खेर नजाने भएकोले प्रतिफलको हिसाबले जलविद्युतमा लगानीको राम्रो अवसर छ ।

व्यवसायीलाई मात्र नभई जलविद्युत आयोजनाबाट नेपाल सरकारलाई राजस्व प्राप्त हुन्छ नै, स्थानीय तहले पनि रोइलटी प्राप्त गर्ने हुँदा यसले संघीयतालाई समेत सबल बनाउछ । यो क्षेत्रले बजारमा छरिएर रहेको पुँजीलाई एकत्रित गरेर पुँजी परिचालनमा पनि सघाउँछ । र, आफुले चाहेको समयमा यस क्षेत्रमा भएको शेयर बिक्री गरेर आफ्नो लगानी झिक्न सकिन्छ । त्यसमाथि पनि जलविद्युत् क्षेत्र क्लिन इनर्जी उत्पादन गर्ने क्षेत्र हो, जसको माग विश्वभर बढ्दो रुपमा छ । विद्युत् निर्यात गरेर विदेशी मुद्रा भित्र्याउन र ब्यापार घाटा कम गर्न सकिन्छ ।

जलविद्युतसँगै सौर्य उर्जामा पनि उत्तिकै प्रतिफलको सम्भावना छ । प्रयोग नभएका पहाडका डाँडामा सोलार जडान गरेर विजुली निकाल्न सकिन्छ । प्रविधिको विकाससँगै हाइड्रो उर्जामा पनि अथाह सम्भावना छ । किनभने हाइड्रो उर्जा प्रशोधन गरेर भण्डारण गर्न सकिन्छ । एक ठाउँबाट अर्को ठाउँमा सिलिन्डरमा हालेर लैजान सकिन्छ । हाइड्रोजनबाट गाडी चलाउन पनि सकिन्छ । त्यसो हुँदा पेट्रोलियम पदार्थको खपत र आयात घट्छ । अपि पावरले पनि हाइड्रोजन उर्जा उत्पादनको लागि अध्ययन गरिरहेको छ । केही नीतिगत विषय प्रष्ट हुनासाथ अपि पावरले हाइड्रोजन उत्पादन गर्ने छ ।

जलविद्युत आयोजनामा लगानी गर्दा हामी सुतेको बेला पनि यसले आम्दानी दिन्छ । जोखिम कम हुने हुँदा बैंकहरुले पनि जलविद्युत आयोजनामा ठूलो लगानी गरेका छन् । नेपाललाई हाइड्रोबाट नै सम्पन्न बनाउन सकिने हुँदा ठूलो क्षमताका आयोजना निर्माणमा जोड दिनुपर्छ ।

अब उत्पादनमा मात्र नभई प्रसारण र वितरणमा पनि नीजि क्षेत्रलाई समावेश गर्नुपर्छ । नेपाल सरकारले प्रसारण लाइन बनाउन वर्षौँ लगाउने गरेको छ । निजी क्षेत्रले छिटो प्रसारण लाइन बनाउन सक्छ । दुई देशको निजी क्षेत्र मिलेर अन्तरदेशीय प्रसारणलाइन पनि निजी क्षेत्रले बनाउन सक्छ । त्यसको लागि हामीलाई अनुमति दिनुपर्छ ।

नेपाल सरकारले भनेको २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्न खर्बौं लगानी चाहिन्छ । जुन नेपालको आन्तरिक स्रोतबाट जुटाउन सम्भव छैन । अब जलविद्युत्मा लगानी गर्नको लागि वैदेशिक लगानी भित्र्याउन आवश्यक छ, जसको लागि विभिन्न कानुनमा सुधार हुनुपर्छ । नेपाल बाहिर रहेका गैर आवासीय नेपालीहरुलाई लगानी गर्नको लागि सहज कानुन हुनुपर्छ । प्रतिफल र लगानी फिर्ता लैजाने कानुन प्रष्ट हुनुपर्छ ।

अहिले धेरै जलविद्युत् आयोजनाले प्रतिफल दिन सकेका छैनन् । जलविद्युत क्षेत्र प्राविधिक क्षेत्र हो, हाइड्रोलोजीदेखि इन्जिनियरिङसम्मको ज्ञान हुनुपर्छ । सबैले सबै विषय बुझेका हुँदैनन् । जलविद्युत् आयोजना बनाउन १२ वटा मन्त्रालय, १७ वटा विभागबाट विभिन्न किसिममा स्वीकृति लिनुपर्छ । त्यही कारण यो क्षेत्रमा लगानी गर्दा बुझेर मात्र गर्नुपर्छ ।

विशेषगरी आयोजना कस्तो छ, प्रवद्र्धक कस्ता छन्, आयोजना निर्माण सम्भव छ कि छैन, प्रसारण लाइनको सुनिश्चितता छ कि छैन र वन क्षेत्र भए कानुनी प्रावधान के छन् भन्ने बुझेर मात्र जलविद्युत् क्षेत्रमा लगानी गर्नुपर्छ । यति विषय बुझेर लगानी गर्दा प्रतिफल सुनिश्चित छ, लगानी डुब्दैन ।

हाम्रा प्रवद्र्धक भएका कम्पनीहरुले नियमित प्रतिफल दिइरहेका छन् । अब नियामक निकायले कस्ता व्यक्तिहरुले जलविद्युत्मा लगानी गर्न पाउने भनेर स्पष्ट मापदण्ड बनाउनु पर्छ । जसरी नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयरधनी हुन योग्य छ कि छैन भनेर फिट एण्ड प्रपर टेस्ट गर्छ, त्यस्तैगरी जलविद्युत्को हकमा पनि लगानी गर्न चाहनेको लागि एउटा निश्चित मापदण्ड तोकिनु पर्छ । अन्धाधुन्ध लगानी ग¥यो भने लगानी डुब्न सक्छ ।

बैंकले दिने मुद्दती निक्षेपको भन्दा जलविद्युत क्षेत्रले दिने प्रतिफल बढी नै हुनुपर्छ । वार्षिक १० प्रतिशत भन्दा धेरै प्रतिफल दिने जलविद्युत् कम्पनीलाई राम्रो मान्न सकिन्छ । त्यस्ता कम्पनीमा लगानी गर्नु उचित हुन्छ ।

अब जलविद्युत् कम्पनीहरुलाई धितोपत्र बोर्डले बोन्ड जारी गरेर पुँजी जुटाउने बाटो खुला गर्नुपर्छ, साथै अन्तर्राष्ट्रिय बजारमा उपलब्ध हुने कार्बन रिडक्सन फण्ड नेपालसम्म ल्याउने बाटो खुला गर्नुपर्छ ।

संजिव न्यौपाने अपि पावर लिमिटेडका कार्यकारी संचालक हुन्। यो सामग्री बिजनेशपाना म्यागेजिनको फागुन अंकबाट साभार गरिएको हो)

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img