Thursday, March 12, 2026

९०० मेगावाटको माथिल्लो कर्णाली फेरि अन्योलमा, केन्द्रीय बैंकले लगानीको अनुमति दिएन

spot_img
spot_img

नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना फेरि अन्योलमा पुगेको छ । आयोजनामा लगानी गर्न सम्झौता गरेको भारतीय कम्पनी इन्डियन रिन्यूवेवल इनर्जी डेभलपमेन्ट एजेन्सी (इरेडा) लाई भारतको केन्द्रीय बैंकले लगानी गर्न अनुमति नदिएपछि आयोजना अन्योलमा पुगेको हो।

इरेडा भारत सरकार कै स्वामित्व भएको कम्पनी हो। इरेडाले आयोजनामा लगानी गर्नको लागि भारतको केन्द्रीय बैंक रिजर्भ अफ इन्डियासँग अनुमति माग गरेको थियो । तर  इरेडाले आयोजनामा लगानी गर्नको लागि गरेको प्रस्ताव केन्द्रीय बैंकले अस्विकार गरिदिएको हो। इरेडाले यसबारे जानकारी दिदै फेरि लगानीको स्वीकृतिको लागि केन्द्रीय बैंकमा अनुमत माग गर्ने बताएको छ।

नेपाल सरकारले नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी जीएमआर (गान्धी मल्लिकार्जुन राओ)लाई दिएको थियो।  तर जीएमआरले १७ वर्षसम्मसम्म आयोजना निर्माणको लागि लगानी जुटाउन सकेको थिएन। लगानी जुटाउन नसकेपछि जीएमआरले आयोजनाको बहुमत शेयर भारतको सतलज जलविद्युत् निगम (एसजेभीएन) र इन्डियन रिन्यूवेवल इनर्जी डेभलपमेन्ट एजेन्सी (इरेडा) लाई बेचेको थियो। इरेडाको गत जुलाईमा बसेको संचालक समितिको बैठकले यस आयोजनामा लगानी गर्न स्वीकृति दिएको थियो ।  आयोजनामा इरेडाले २ अर्ब ९० करोड भारतीय रुपैयाँ लगानी गर्ने तयारी गरेको थियो। तर कम्पनीको लगानी केन्द्रीय बैंकबाट अस्वीकार भएपछि आयोजना फेरि अन्योलमा परेको हो ।

सरकारले जीएमआरलाई पटक पटक लगानी जुटाउनको लागि समय थप्दै गएको थियो । यसबारे सर्वोच्चमा मुद्दा परेपछि अदालतले अन्तिम अवसर दिन र त्यसपछि म्याद नथप्न आदेश दिएको थियो । अन्तिम अवसर दिंदा पनि जीएमआरले लगानी जुटाउन नसकेपछि आयोजनाको शेयर बेचेको थियो ।

बंगलादेश र भारतमा बिजुली निर्यात 

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५०० मेगावाट विद्युत् खरीद बंगलादेश र भारतले खरिद गर्ने गरि सम्झौता भईसकेको छ ।  ९०० मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत्मध्ये ५०० मेगावाट विद्युत् बंगलादेशले खरिद गर्ने र बाँकि भारतले खरिद गर्ने सहमति भईसकेको छ ।

आयोजनाबाट नेपाल सरकारले १०८ मेगावाट विद्युत् निःशुल्क प्राप्त गर्नेछ । बाँकि बिजुली भने भारतले खरिद गर्ने छ ।सम्झौता अनुसार बंगलादेश सरकारले जिएमआरको विद्युत् भारतीय विद्युत् व्यापार कम्पनी एनभिभिएनमार्फत खरीद गर्नेछ । बंगलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरीद समितिले विद्युत् खरीद गर्ने निर्णयलाई स्वीकृत गरेको छ । निर्णय अनुसार बंगलादेशले प्रतियुनिट ७.७ सेन्ट (आजको डलरको मूल्य अनुसार ८ रुपैयाँ ७७ पैसा) मा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत् खरीद गर्नेछ । निर्णयपछि बंगलादेशले २५ वर्षसम्म विद्युत् खरीद गर्नेछ । उक्त निर्णयसँगै भारतीय प्रसारण प्रणालीको प्रयोग गरेर नेपालमा उत्पादित विद्युत् बंगलादेश पुग्ने छ । बंगलादेशले सन् २०४० सम्म नेपालबाट करिब ९ हजार मेगावाट विद्युत् लैजाने विषयलाई रणनीतिक महत्वका साथ समावेश गरेको छ ।

कूल रु एक खर्ब ४० अर्ब लागत अनुमान गरिएको यस आयोजनाले सुर्खेत, अछाम र दैलेखलाई प्रभावित गर्दछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ग्लोबल आइएमई बैंकले विदेशमा रहेका नेपालीलाई एकद्वार प्रणालीमार्फत् बैंकिङ सेवा दिने

ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि...

बढ्न थाल्यो तापक्रम, काठमाडौँ मै २५.४ डिग्रीसम्म पुग्यो

राजधानी काठमाडौँ सहित देशका विभिन्न शहरको तापक्रम बढ्न थालेको...

अर्थमन्त्री खनाल र निजी क्षेत्रबीच छलफल

अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाका...

नेप्सेमा सोलु हाइड्रोपावरको शेयर सूचीकृत, कुन मूल्यमा सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोलु हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत...

फिच रेटिङले भन्यो ‘रास्वपा सरकार बनेपछि लगानी वातावरण थप अनुकूल बन्नसक्छ’

फिच रेटिङ्सले नेपालको हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र...

फेक ‘रेस्क्यु’मा संलग्न थप एक जना पक्राउ

 नेपाल प्रहरीले फेक ‘रेस्क्यु’मा संलग्न थप एक जनालाई पक्राउ...
spot_img