Saturday, June 27, 2026
spot_img

भाग्योदय क्याम्पसका विद्यार्थीलाई राजेन्द्र मल्लद्वारा छात्रवृत्ति प्रदान

spot_img
spot_img

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले शंकरापूरको भाग्योदय क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् । उनले आफ्नी स्वर्गीय माता दिलमाया मल्लको नाममा उक्त क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेका हुन् ।

नेपाल निर्जीवन बीमा व्यवसायी संघका अध्यक्षसमेत रहेका मल्लले आफ्नो नामबाट पनि हरेक वर्ष उक्त क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएका छन् । स्नातक तहमा अध्ययन गर्ने बीबीए र बीएड् शंकायका उच्च अंक प्राप्त गर्ने जेहेन्दार विद्यार्थीहरुलाई आफूले विगतदेखि नै छात्रवृत्ति प्रदान गर्दै आएको र यो आगामी वर्षहरुमा पनि कायम रहने उनको भनाइ छ ।

२००७ सालमा स्थापना भएको उक्त विद्यालयमा २०५९ सालमा क्याम्पस स्थापना गरिएको थियो । क्याम्सप स्थापनाको अगुवाई पनि मल्ल नै गरेका थिए । उनी उक्त विद्यालयका पूर्व विद्यार्थीसमेत हुन् । क्याम्सप स्थापनाका लागि सम्बन्धन लिन तत्कालिन समयमा विश्वविद्यालयलाई बुझाउनुपर्ने ५५ हजार रुपैयाँ पनि मल्लले नै चन्दा स्वरुप दिएका थिए ।

उक्त क्याम्पसको संस्थापक सदस्यसमेत रहेका मल्लले त्यसपछि ८ वर्ष सो क्याम्पसको अध्यक्ष भएर सेवा गरेका थिए । क्याम्पस सञ्चालनका लागि आवश्यक भौतिक संरचना र भवन निर्माणका लागिसमेत चन्दा दिने र चन्दा संकलन गर्ने कामको अगुवाई गरेका मल्लले अहिले उक्त क्याम्पसमा आईटी विषयको पढाइसमेत राख्नका लागि पहल गरिरहेका छन् ।

‘हामीले त्यतिबेला अगुवाई गरेर, चन्दा उठाएर खोलेको क्याम्पस अहिले शंकरापूर क्षेत्रकै नमूना क्याम्पस बनेको छ, त्यहाँ अब आईटीको पनि छुट्टै क्लास राख्नका लागि पहल भइरहेको छ’ मल्लले भने ।

शंकरापूर क्षेत्रको नमूना क्याम्पसका रुपमा स्थापित भाग्योदय क्याम्पस काठमाडौँको गौशालाबाट जम्मा १५ किलोमिटरको दूरीमा अवस्थित छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...

अनुकुल श्रेष्ठ बने एनवाइईएफ ललितपुर च्याप्टरको अध्यक्ष

नेपालिज यङ इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) ललितपुर च्याप्टरको अध्यक्षमा अनुकुल...

काठमाडौँमा फैलिँदै बर्डफ्लू, हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा बर्डफ्लू संक्रमणले तीव्र रुप लिएको छ ।...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...
spot_img