Thursday, August 27, 2026
spot_img
spot_img

ग्रेस इन्टरनेशनललाई ‘बेस्ट एजुकेसन फ्रम नेपाल इन ग्लोबल एरिना’ अवार्ड

spot_img

नेपालको शैक्षिक परामर्श सेवामा अग्रणी संस्था ग्रेस इन्टरनेशनल एजुकेसन एण्ड माइग्रेशनले ‘फेयर इन्टरनेशनल एजुकेसन अवार्ड २०२५’ मा ‘बेस्ट एजुकेसन फ्रम नेपाल इन ग्लोबल एरिना’ अवार्ड प्राप्त गरेको छ ।

फेयर एक्सप्रेस मासिक पत्रिकाले आयोजना गरेको ‘फेयर इन्टरनेशनल एजुकेसन अवार्ड २०२५’ मा ग्रेस इन्टरनेशनल एजुकेसन एण्ड माइग्रेशन ‘बेस्ट एजुकेसन फ्रम नेपाल इन ग्लोबल एरिना’ विधामा अवार्ड पाएको हो ।

कार्यक्रममा संस्थाका सह–संस्थापक तथा संचालक एन्ड्र्यु पौडेलले अवार्ड ग्रहण गरेका थिए । काठमाडौंको र्याडिसन होटलमा आयोजना गरिएको अवार्ड समारोहमा विश्वव्यापी शैक्षिक सेवामा नेपालबाट उत्कृष्ट योगदान पुर्याउने संस्थाहरूमध्ये ग्रेस इन्टरनेशनल पहिलो शैक्षिक परामर्श संस्था बनेको हो ।

यसैलाई मध्यनजर गरी ‘फेयर इन्टरनेशनल एजुकेसन अवार्ड २०२५’ उक्त शैक्षिक परामर्श संस्थालाई प्रदान गरिएको छ ।सो अवसरमा ग्रेस इन्टरनेशनलका सह–संस्थापक तथा संचालक पौडेलले विद्यार्थीलाई गुणस्तरीय परामर्श, अध्ययनको सही मार्गदर्शन र उच्च शिक्षाको अवसरहरू उपलब्ध गराउने प्रतिबद्धता रहेको र यो अवार्डले अझ मजबुत बनाएको बताए ।

ग्रेस इन्टरनेशनलले नेपालका विद्यार्थीहरूलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, न्युजिल्याण्ड लगायतका देशहरूमा अध्ययनका अवसर प्रदान गर्दै आएको छ । विश्वव्यापी शिक्षामा नेपाललाई अगाडि बढाउने लक्ष्यसहित, संस्थाले विद्यार्थीहरूको भविष्य निर्माणका लागि निरन्तर सेवा प्रदान गरिरहेको छ ।

वैदेशिक उच्च शिक्षाका लागि विद्यार्थीलाई सहज ढंगले प्रभावकारी सेवा प्रदान गर्दै आएको ग्रेस इन्टरनेशनलले शैक्षिक परामर्श संस्थामध्ये आफूलाई अब्बल सावित गर्न कुनै कसर बाँकी राखेको छैन । ‘फेयर इन्टरनेशनल एजुकेसन अवार्ड’ले नेपाली शैक्षिक परामर्श उद्योगमा थप प्रेरणा दिने आश गरिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना...

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...