Saturday, April 19, 2025
spot_img

ग्रेस इन्टरनेशनललाई ‘बेस्ट एजुकेसन फ्रम नेपाल इन ग्लोबल एरिना’ अवार्ड

नेपालको शैक्षिक परामर्श सेवामा अग्रणी संस्था ग्रेस इन्टरनेशनल एजुकेसन एण्ड माइग्रेशनले ‘फेयर इन्टरनेशनल एजुकेसन अवार्ड २०२५’ मा ‘बेस्ट एजुकेसन फ्रम नेपाल इन ग्लोबल एरिना’ अवार्ड प्राप्त गरेको छ ।

फेयर एक्सप्रेस मासिक पत्रिकाले आयोजना गरेको ‘फेयर इन्टरनेशनल एजुकेसन अवार्ड २०२५’ मा ग्रेस इन्टरनेशनल एजुकेसन एण्ड माइग्रेशन ‘बेस्ट एजुकेसन फ्रम नेपाल इन ग्लोबल एरिना’ विधामा अवार्ड पाएको हो ।

कार्यक्रममा संस्थाका सह–संस्थापक तथा संचालक एन्ड्र्यु पौडेलले अवार्ड ग्रहण गरेका थिए । काठमाडौंको र्याडिसन होटलमा आयोजना गरिएको अवार्ड समारोहमा विश्वव्यापी शैक्षिक सेवामा नेपालबाट उत्कृष्ट योगदान पुर्याउने संस्थाहरूमध्ये ग्रेस इन्टरनेशनल पहिलो शैक्षिक परामर्श संस्था बनेको हो ।

यसैलाई मध्यनजर गरी ‘फेयर इन्टरनेशनल एजुकेसन अवार्ड २०२५’ उक्त शैक्षिक परामर्श संस्थालाई प्रदान गरिएको छ ।सो अवसरमा ग्रेस इन्टरनेशनलका सह–संस्थापक तथा संचालक पौडेलले विद्यार्थीलाई गुणस्तरीय परामर्श, अध्ययनको सही मार्गदर्शन र उच्च शिक्षाको अवसरहरू उपलब्ध गराउने प्रतिबद्धता रहेको र यो अवार्डले अझ मजबुत बनाएको बताए ।

ग्रेस इन्टरनेशनलले नेपालका विद्यार्थीहरूलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, न्युजिल्याण्ड लगायतका देशहरूमा अध्ययनका अवसर प्रदान गर्दै आएको छ । विश्वव्यापी शिक्षामा नेपाललाई अगाडि बढाउने लक्ष्यसहित, संस्थाले विद्यार्थीहरूको भविष्य निर्माणका लागि निरन्तर सेवा प्रदान गरिरहेको छ ।

वैदेशिक उच्च शिक्षाका लागि विद्यार्थीलाई सहज ढंगले प्रभावकारी सेवा प्रदान गर्दै आएको ग्रेस इन्टरनेशनलले शैक्षिक परामर्श संस्थामध्ये आफूलाई अब्बल सावित गर्न कुनै कसर बाँकी राखेको छैन । ‘फेयर इन्टरनेशनल एजुकेसन अवार्ड’ले नेपाली शैक्षिक परामर्श उद्योगमा थप प्रेरणा दिने आश गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

फोहोर वर्गीकरण गर्न महानगरले वडालाई दियो एक एक लाख

काठमाडौं महानगरपालिकाले प्रत्येक वडालाई फोहोर वर्गीकरण गर्न एक एक...

परीक्षा बोर्डले भन्योः कक्षा १२ को परीक्षा सरेको छैन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जानकारी...

रेडमी ए५ नेपालमा सार्वजनिक, मूल्य कति ?

शाओमीले नेपालमा रेडमी ए५ सार्वजनिक गरेको छ । रेडमी...

सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा सडक आश्रितलाई १८ दिन भोजन

सिटिजन्स बैंकले आफ्नो १८औं बार्षिक उत्सवको अवसरमा घरबारविहीन र...

नाडासँग बीमा प्राधिकरणका अध्यक्षले भने, ‘ईभीको लागि छुट्टै बीमा पोलिसी बन्दैछ’

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका प्रतिनिधिमण्डलले बीमा प्राधिकरणका अध्यक्ष...

हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि सञ्चालनमा

हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालनमा आएको छ...
spot_img