Thursday, July 16, 2026
spot_img

काठमाडौँ विमानस्थलमा आज प्लेन दुर्घटना गराएर ‘अभ्यास’ हुँदै, आधा घण्टा एयरपोर्ट बन्द

spot_img

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज २०८१ साल जेठ २८ गते Alert 9.3.1 (Aircraft accident in Airport) सम्बन्धि पूर्णकालिन अभ्यास हुनेछ । विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार आज सोमबार अपरान्ह १:०० वजे हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धार संग सम्बद्ध विभिन्न निकायहरुको सहभागितामा बिमानस्थल संकटकालिन योजना अनुसार गरिने विभिन्न अभ्यासहरु मध्ये Alert 9.3.1 (Aircraft accident in Airport) सम्बन्धि पूर्णकालिन अभ्यास हुन लागेको हो ।

यो अभ्यासको मुख्य उद्देश्य संकटको अवस्थामा सहभागि हुने विभिन्न निकायहरु बीच सहयोगको अभिबृद्धि गराउने तथा सहभागि निकायहरुले निर्वाह गर्ने भूमिका तथा जिम्मेवारीको मूल्याङ्कन गरी सम्वद्ध पक्षको क्षमतामा अभिबृद्धि गराइ यस्तो दुर्घटनाको अवस्थामा जनधनको क्षति न्यून गराउने र विमानस्थलको संचालन छिटो भन्दा छिटो सुचारु गराउने रहेको छ ।

कार्यालयका अनुसार यो अभ्यासको सिलसिलामा विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तिव्रता आएको पनि देख्न सकिनेछ । साथै अभ्यासको क्रममा स्थानीय समय १३:०० देखि १३:३० बजे सम्म यस विमानस्थलको अपरेशन वन्द हुने भएकोले नियमित उडान / अवतरण प्रभावित हुन सक्नेछन् ।

यो विमानस्थल संकटकालिन योजनाको अभ्यास गर्नु पर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) को मापदण्ड तथा यस विमानस्थलको Airport Emergency Plan अनुसार गरिने योजनाबद्ध अभ्यास भएको कार्यालयले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सांसदबाट राजीनामा दिएर BYD को कार्यकारी पदमा काम गर्न थाले हंगेरीका पूर्व विदेशमन्त्री

हंगेरीका पूर्व विदेशमन्त्री तथा व्यापारमन्त्री Péter Szijjártó ले सांसद...

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयरबजारबारे पनि छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ...

भारतद्वारा सवा ६ खर्बको मोबाइल फोन योजना स्वीकृत, ३९० खर्बको मोबाइल उत्पादन लक्ष्य

भारतले मोबाइल फोनको उत्पादन बढाउन विशेष योजना स्वीकृत गरेको...

नेप्सेमा एभरेष्ट कलरको शेयर सूचीकृत, ECL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट कलर लिमिटेडको शेयर सूचीकृत...

साउनबाट महँगिदै बिजुली, व्यवसायिक ग्राहकलाई १३ प्रतिशतसम्म भ्याट

आर्थिक वर्ष २०८३÷०८४ बाट विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट)...

सुनको भाउ बढ्यो

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img