Sunday, May 25, 2025
spot_img

काठमाडौँ विमानस्थलमा आज प्लेन दुर्घटना गराएर ‘अभ्यास’ हुँदै, आधा घण्टा एयरपोर्ट बन्द

spot_img
spot_img

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज २०८१ साल जेठ २८ गते Alert 9.3.1 (Aircraft accident in Airport) सम्बन्धि पूर्णकालिन अभ्यास हुनेछ । विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार आज सोमबार अपरान्ह १:०० वजे हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धार संग सम्बद्ध विभिन्न निकायहरुको सहभागितामा बिमानस्थल संकटकालिन योजना अनुसार गरिने विभिन्न अभ्यासहरु मध्ये Alert 9.3.1 (Aircraft accident in Airport) सम्बन्धि पूर्णकालिन अभ्यास हुन लागेको हो ।

यो अभ्यासको मुख्य उद्देश्य संकटको अवस्थामा सहभागि हुने विभिन्न निकायहरु बीच सहयोगको अभिबृद्धि गराउने तथा सहभागि निकायहरुले निर्वाह गर्ने भूमिका तथा जिम्मेवारीको मूल्याङ्कन गरी सम्वद्ध पक्षको क्षमतामा अभिबृद्धि गराइ यस्तो दुर्घटनाको अवस्थामा जनधनको क्षति न्यून गराउने र विमानस्थलको संचालन छिटो भन्दा छिटो सुचारु गराउने रहेको छ ।

कार्यालयका अनुसार यो अभ्यासको सिलसिलामा विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तिव्रता आएको पनि देख्न सकिनेछ । साथै अभ्यासको क्रममा स्थानीय समय १३:०० देखि १३:३० बजे सम्म यस विमानस्थलको अपरेशन वन्द हुने भएकोले नियमित उडान / अवतरण प्रभावित हुन सक्नेछन् ।

यो विमानस्थल संकटकालिन योजनाको अभ्यास गर्नु पर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) को मापदण्ड तथा यस विमानस्थलको Airport Emergency Plan अनुसार गरिने योजनाबद्ध अभ्यास भएको कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यूएईमा ५ गिगावाट क्षमताको स्टारगेट एआई डेटा सेन्टर निर्माण हुने

यूएईको अबु धाबीमा स्टारगेट यूएई नामक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता...

आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छुः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता...

जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउनुपर्छ: वरिष्ठ उपाध्यक्ष डाँगी

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार...

रवि लामिछानेलाई थुना मै राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...
spot_img