Friday, July 10, 2026
spot_img

मर्जरपछि यस्तो बन्यो पोखरा फाइनान्सको संचालक समिति, अध्यक्षमा मिश्र

spot_img

समृद्धि फाइनान्ससँगको मर्जरपछि एकिकृत कारोबार सुरु भएसंगै पोखरा फाइनान्समा नयाँ संचालक समिति गठन भएको छ। आज बिहान बसेको संचालक समितिको बैठकले अजय कुमार मिश्रको अध्यक्षतामा नयाँ संचालक समिति गठन गरेको हो।

कम्पनीको अध्यक्षमा अजय कुमार मिश्र रहेका छन् भने अन्य संचालकमा सुदिप घिमिरे, प्रतिक गुरुङ, दिनेश कुमार बर्तौला, दुर्गा थापा, तिल बहादुर गुरुङ, याम बहादुर सुर्खाली रहेका छन् । जस मध्ये अजय कुमार मिश्र, सुदिप घिमिरे, दिनेश कुमार बर्तौला, दुर्गा थापा साविकको समृद्धि फाइनान्सको तर्फबाट आएका हुन् । त्यस्तै प्रतिक गुरुङ, तिल बहादुर गुरुङ र याम बहादुर सुर्खाली पोखरा फाइनान्सको तर्फबाट आएका हुन् ।

पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड एक आपसमा मर्ज भएर आज २०८३ असार २६ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन्। पोखरा फाइनान्स लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु भएको हो।

यी दुई संस्थाबीच मर्जरको लागि गत साउन ४ गते प्रारम्भिक सम्झौता भएको थियो।  राष्ट्र बैंकले असोज २७ गते दुई संस्थालाई मर्जरमा जान सैद्धान्तिक सहमति प्रदान गरेको थियो। दुवै संस्थाको माघ १४ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो ।  राष्ट्र बैंकले २०८३ वैशाख २९ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो। कम्पनी रजिष्ट्रार कार्यालयले जेठ ७ गते र धितोपत्र बोर्डले असार ३ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेका थिए।

त्यस पश्चात असार ११ गते बसेको संयुक्त मर्जर कमिटिको बैठकले असार २६ गतेदेखि एकिकृत कारोबार गर्ने निर्णय गरेको हो। पोखरा फाइनान्स लिमिटेडको नामबाट एकिकृत कारोबार भएको हो । मर्जर पश्चात बन्ने कम्पनीको केन्द्रीय कार्यालय काठमाडौँको पुतलीसडक (हाल समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय रहेको स्थान)मा रहने छ।

दुवै संस्था समान हैसियतमा मर्ज भएका हुन्। संयुक्त मर्जर समितिले १:१ शेयर आदान प्रदान अनुपात निर्धारण गरेकोमा दुवै कम्पनीको साधारणसभाले सो स्वापलाई पारित गरेका थिए।

एकिकृत कारोबार सुरु भएसंगै आजदेखिनेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुवै संस्थाको शेयर कारोबार रोक्का भएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

डिम्याट खातामा आयो एभरेष्ट कलरको शेयर, सूचीकरणको लागि आज नेप्सेमा निवेदन दिँदै

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर लगानीकर्ताको डिम्याट खातामा...

बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार प्रतितोला...

भाटभटेनीको विराटनगर स्टोर शनिबारबाट सञ्चालनमा आउने

भाटभटेनी सुपर मार्केटको विराटनगर स्टोर असार २७ गतेबाट सञ्चालनमा...

बजेट भूक्तानी बन्द, अन्तिम दिन मात्रै ३३ अर्ब १६ करोड भूक्तानी

आर्थिक वर्ष २०८२/०८३ को बजेट भूक्तानी अब बन्द भएको...

पोखरा र समृद्धि फाइनान्सको एकिकृत कारोबार आजदेखि

पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड एक...

साउनदेखि UDIN नम्बर अडिटरको मोबाइलमा मात्र आउने, इमेल सेवा बन्द

आगामी साउनदेखि अडिटरहरुले लिनु पर्ने Unique Document Identification Number...
spot_img