Friday, July 10, 2026
spot_img

पोखरा र समृद्धि फाइनान्सको एकिकृत कारोबार आजदेखि

spot_img

पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड एक आपसमा मर्ज भएर आज २०८३ असार २६ गतेदेखि एकिकृत कारोबार सुरु गरेका छन् । पोखरा फाइनान्स लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु भएको हो।

यी दुई संस्थाबीच मर्जरको लागि गत साउन ४ गते प्रारम्भिक सम्झौता भएको थियो।  राष्ट्र बैंकले असोज २७ गते दुई संस्थालाई मर्जरमा जान सैद्धान्तिक सहमति प्रदान गरेको थियो। दुवै संस्थाको माघ १४ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो ।  राष्ट्र बैंकले २०८३ वैशाख २९ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो। कम्पनी रजिष्ट्रार कार्यालयले जेठ ७ गते र धितोपत्र बोर्डले असार ३ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेका थिए।

त्यस पश्चात असार ११ गते बसेको संयुक्त मर्जर कमिटिको बैठकले असार २६ गतेदेखि एकिकृत कारोबार गर्ने निर्णय गरेको हो। पोखरा फाइनान्स लिमिटेडको नामबाट एकिकृत कारोबार भएको हो । मर्जर पश्चात बन्ने कम्पनीको केन्द्रीय कार्यालय काठमाडौँको पुतलीसडक (हाल समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय रहेको स्थान)मा रहने छ।

दुवै संस्था समान हैसियतमा मर्ज भएका हुन्। संयुक्त मर्जर समितिले १:१ शेयर आदान प्रदान अनुपात निर्धारण गरेकोमा दुवै कम्पनीको साधारणसभाले सो स्वापलाई पारित गरेका थिए।

एकिकृत कारोबार सुरु भएसंगै आजदेखिनेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुवै संस्थाको शेयर कारोबार रोक्का भएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार प्रतितोला...

भाटभटेनीको विराटनगर स्टोर शनिबारबाट सञ्चालनमा आउने

भाटभटेनी सुपर मार्केटको विराटनगर स्टोर असार २७ गतेबाट सञ्चालनमा...

बजेट भूक्तानी बन्द, अन्तिम दिन मात्रै ३३ अर्ब १६ करोड भूक्तानी

आर्थिक वर्ष २०८२/०८३ को बजेट भूक्तानी अब बन्द भएको...

साउनदेखि UDIN नम्बर अडिटरको मोबाइलमा मात्र आउने, इमेल सेवा बन्द

आगामी साउनदेखि अडिटरहरुले लिनु पर्ने Unique Document Identification Number...

आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६...

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...
spot_img