Friday, July 10, 2026
spot_img

चीनबाट सिचुआन एयरलाइन्सको जहाज बिहीबार पोखरा आउँदै

spot_img

सिचुआन एयरलाइन्सको जहाज चीनको कुन्मिङबाट बिहीबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आउने भएको छ । सिचुआन एयरलाइन्सको जहाज बिहिबार दिउँसो २ः४० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ ।

पोखरामा हुन लागेको तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौडका सहभागीसहित कुन्मिङ नगरका अतिथिलाई लिएर सिचुआन एयरलाइन्सको जहाज चीनको कुन्मिङबाट सिँधै पोखरा आउन लागेको हो ।

यसअघि सिचुआन एयरले नै २०२३ जनवरी २१ मा पोखराका लागि पहिलो उडान गरेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसहित अवतरण गरेको सिचुआन एयरलाइन्सको जहाज नै पहिलो जहाज हो । त्यतिबेला फेवातालमा आयोजित ड्रागन बोटरेस फेस्टिभलमा सहभागी ८४ चिनियाँ नागरिकलाई लिएर सिचुआनको जहाज पोखरा अवतरण गरेको थियो ।

अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरिएको थियो । तर, उक्त वर्ष भरीमा जम्मा ७ वटा मात्र उडान भएका थिए । हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ ऋण सहयोगमा निर्माण भएको हो ।

सन् २०२३ सेप्टेम्बर ९ मा भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना यात्रु लिएर आएको ड्रुक एयरले फर्किदा ४२ विदेशी यात्रु लिएर गएको थियो । सोही वर्षको नोभेम्बर २३ मा हिमालयन एयरलाइन्सको जहाजले चीनबाट ९५ जना यात्रु पोखरा ल्याएको थियो । त्यसयता उक्त विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भएका छैनन् ।

यस पटक आउन लागेको सिचुआन एयरको जहाज बिहिबार दिउँसो २ः४० मा अवतरण गरेर दिउँसो ४ः१० मा रित्तै फर्किने जनाइएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

साउनदेखि UDIN नम्बर अडिटरको मोबाइलमा मात्र आउने, इमेल सेवा बन्द

आगामी साउनदेखि अडिटरहरुले लिनु पर्ने Unique Document Identification Number...

आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६...

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...

सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...
spot_img