Friday, August 28, 2026
spot_img
spot_img

काठमाडौँबाट दिल्ली उड्न लागेको जहाजमा बम राखेको सूचना

spot_img

काठमाडौँबाट भारतको राजधानी नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखिएको सूचना आएको छ ।

सोमबार अपराह्न दिल्ली उड्न तयार भएको जहाजमा बम राखिएको सूचना आएपछि अहिले चेकजाँच चलिरहेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिएका छन् ।

‘अपराह्न ३ः१२ बजे एयर इन्डियाको जहाज अवतरण गरेको थियो, जहाज अवतरण भएपछि फर्किनका लागि १६९ यात्रुमध्ये ४० जना यात्रु चढिसकेपछि एयर इन्डियाको सेक्युरिटी म्यानेजरलाई इन्डियाबाट अपरेशन कन्ट्रोल एन्ड कमान्ड सेन्टरबाट बम छ भनेर कल आएको हो,’ उनले भने, ‘अहिले जहाजमा चढिसकेका ४० जना यात्रुलाई उतारेर चेकजाँच भइरहेको छ ।’

नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले जहाजको चेक जाँच गरिरहेका छन् । उक्त जहाज आज अपराह्न ३ः५० बजे उड्ने तयारी थियो ।

यसअघि कात्तिक ६ गते दिल्लीबाट काठमाडौँका लागि उडेको भिस्तारा एयरलाइन्समा बम राखिएको सूचना आएको थियो । तर, साढे तीन घण्टा चेकजाँच गरेपछि सूचना गलत रहेको पुष्टि भएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

इप्पानले ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप...

स्काईवेलको मूल्यले अवलोकनकर्ताको ध्यान खिच्यो, ‘इन्क्वायरी’ बढ्दै

भृकुटीमण्डपमा चलिरहेको ‘नाडा अटो शो २०२६’मा स्काईवेल ईभीको मूल्यलाई...

बाढी अपडेटः ४० किलोमिटर सडक क्षतिग्रस्त, ४१ वटा पुल ध्वस्त

बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण ४० किलोमिटर सडक...

नुवाकोटमा ७ मेगावाट विद्युत आपूर्ति, अत्यावश्यक सेवा सञ्चालनमा सहज

नुवाकोट जिल्लामा विद्युत आपूर्ति नियमित गर्न नेपाल विद्युत प्राधिकरणले...

महासंघ अध्यक्ष श्रेष्ठ र साउदीका राजदूतबीच भेट, दुइ देशबीच आर्थिक सम्बन्ध विस्तारबारे छलफल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका...

सानिमा बैंकको लाभांश घोषणा

सानिमा बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट लाभांश प्रस्ताव...