Thursday, May 22, 2025
spot_img

काठमाडौँबाट दिल्ली उड्न लागेको जहाजमा बम राखेको सूचना

काठमाडौँबाट भारतको राजधानी नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखिएको सूचना आएको छ ।

सोमबार अपराह्न दिल्ली उड्न तयार भएको जहाजमा बम राखिएको सूचना आएपछि अहिले चेकजाँच चलिरहेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिएका छन् ।

‘अपराह्न ३ः१२ बजे एयर इन्डियाको जहाज अवतरण गरेको थियो, जहाज अवतरण भएपछि फर्किनका लागि १६९ यात्रुमध्ये ४० जना यात्रु चढिसकेपछि एयर इन्डियाको सेक्युरिटी म्यानेजरलाई इन्डियाबाट अपरेशन कन्ट्रोल एन्ड कमान्ड सेन्टरबाट बम छ भनेर कल आएको हो,’ उनले भने, ‘अहिले जहाजमा चढिसकेका ४० जना यात्रुलाई उतारेर चेकजाँच भइरहेको छ ।’

नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले जहाजको चेक जाँच गरिरहेका छन् । उक्त जहाज आज अपराह्न ३ः५० बजे उड्ने तयारी थियो ।

यसअघि कात्तिक ६ गते दिल्लीबाट काठमाडौँका लागि उडेको भिस्तारा एयरलाइन्समा बम राखिएको सूचना आएको थियो । तर, साढे तीन घण्टा चेकजाँच गरेपछि सूचना गलत रहेको पुष्टि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि बढ्यो सुनको भाउ

आज बिहिबार पनि सुनको भाउ बढेको छ । बुधबार...

रिभर फल्स पावरको ४४ लाख कित्ता सेयरको ‘लक इन’ अवधि सकियो

रिभर फल्स पावर लिमिटेडको ४३ लाख बढी कित्ता सेयरको...

हिमालयन रि-इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन रि-इन्स्योरेन्स कम्पनीको लाभांश पाउन आजसम्म सेयर खरिद गरेको...

ट्याक्सीमाण्डूसँग सहकार्य गर्दै राइड सेयरिङ एप ‘याङ्गो’ नेपाल प्रवेश, ३ प्रतिशत मात्र कमिशन

नेपालको पुरानो राइड सेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय...

नाइमा ‘मोबिलिटी एक्स्पो’को स्टल बुकिङ बन्द, ५० ब्राण्ड सहभागी हुने (नामसहित)

नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा पहिलोपटक...

एभरेष्ट कलरको जारी पूँजी बढ्यो, ७ लाख ९० हजार कित्ता आईपीओ जारी हुने

एभरेष्ट कलर लिमिटेडको विशेष वार्षिक साधारणसभा सम्पन्न भएको छ...
spot_img