Friday, August 28, 2026
spot_img
spot_img

मन्थली–लुक्ला उडान ठप्प

spot_img

खुम्बु क्षेत्रको खराब मौसमका कारण दुई दिनदेखि रामेछाप (मन्थली)–लुक्ला उडान ठप्प भएको छ । सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब भएपछि सोमबारदेखि मन्थली–लुक्ला उडान ठप्प भएको हो ।

उडान रोकिँदा सगरमाथा क्षेत्रको भ्रमणका लागि आएका पर्यटकहरु मन्थलीमै रोकिएका छन् ।

गत शनिबारबाट मौसम खुलेपछि सुरु भएको उडान फेरी मौसम बिग्रिएपछि सोमबारबाट रोकिएको नागरिक उड्डयन कार्यालय रामेछाप मन्थलीका उप–प्रबन्धक हिरण्य साहले जानकारी दिए । उनका अनुसार खुम्बु क्षेत्रमा मौसम बिग्रिँदा सोमबारदेखि मन्थली–लुक्ला उडान हुन सकेको छैन । मन्थली–काठमाडौँ भने तालिका अनुसार नै उडान भइरहेको उनको भनाइ छ ।

सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकलाई रामेछापको मन्थली विमानस्थलबाट लुक्ला पुर्‍याउने र ल्याउने व्यवस्था गरेको छ । नागरिक उड्डयन प्राधिकरणले वसन्त ऋतु (चैतदेखि जेठ महिना) र शरद ऋतु (असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म)मा मन्थली विमानस्थलबाट लुक्ला पर्यटक लैजाने र ल्याउने गरि उडान तालिका बनाएको छ ।

यो वर्षको शरद ऋतुको सिजन सुरु भएपछि पटक पटक मौसम बिग्रिँदा सगरमाथा क्षेत्र भ्रमणका लागि आएका पर्यटकहरू मन्थलीमै रोकिनु परेको छ । जसका कारण उनीहरुलाई समस्या भएको छ ।

यसअघि असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षा र त्यसपछि पटक पटक मौसममा आएको खराबीले सगरमाथा क्षेत्र घुम्न आएका पर्यटक प्रभावित भएका छन् । मौसम खराबीकै कारण असोज २३ गतेदेखि तीन दिनसम्म मन्थली–लुक्ला उडान ठप्प भएको थियो ।

मन्थलीबाट सीता, तारा र समिट एयरका जहाजहरूले सगरमाथा क्षेत्रको भ्रमणमा आएका विदेशी पर्यटकलाई लुक्ला पुर्‍याउने र ल्याउने गरिरहेका छन् । एउटा उडानमार्फत १४ देखि १८ जनासम्म पर्यटक मन्थली विमानस्थलबाट लुक्ला पुग्ने गरेका छन् । बिहानदेखि बेलुकासम्म मौसम खुलेको समयमा एक दिनमा यो रुटमा ६० वटासम्म उडान हुने गरेको नागरिक उड्डयन प्राधिकरण मन्थलीका उप–प्रबन्धक साहले बताए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

इप्पानले ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप...

स्काईवेलको मूल्यले अवलोकनकर्ताको ध्यान खिच्यो, ‘इन्क्वायरी’ बढ्दै

भृकुटीमण्डपमा चलिरहेको ‘नाडा अटो शो २०२६’मा स्काईवेल ईभीको मूल्यलाई...

बाढी अपडेटः ४० किलोमिटर सडक क्षतिग्रस्त, ४१ वटा पुल ध्वस्त

बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण ४० किलोमिटर सडक...

नुवाकोटमा ७ मेगावाट विद्युत आपूर्ति, अत्यावश्यक सेवा सञ्चालनमा सहज

नुवाकोट जिल्लामा विद्युत आपूर्ति नियमित गर्न नेपाल विद्युत प्राधिकरणले...

महासंघ अध्यक्ष श्रेष्ठ र साउदीका राजदूतबीच भेट, दुइ देशबीच आर्थिक सम्बन्ध विस्तारबारे छलफल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका...

सानिमा बैंकको लाभांश घोषणा

सानिमा बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट लाभांश प्रस्ताव...