Saturday, August 29, 2026
spot_img
spot_img

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अध्यागमन कर्मचारीले ड्युटी बिर्सिएपछि…

spot_img

काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अध्यागमन कर्मचारीले आफ्नो ड्युटी बिर्सिएपछि यात्रुहरु अलपत्र परेका छन् । कर्मचारीहरु ड्युुटी बिर्सिएर बाहिर निस्किएर गफगाफमा लागेपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा हिडेका र अन्य यात्रुहरु मर्कामा परेका छन् ।

कर्मचारीहरु सबै काउन्टर खाली गरेर हिडेपछि वैदेशिक यात्रामा निस्किएका यात्रुहरु अलपत्र भएका हुन् । अध्यागमनका कर्मचारी नहुँदा यात्रुहरुले ड्युटी अफिसरलाई सम्पर्क गर्दा समेत सम्पर्क नभइरहेको यात्रुले गुनासो गरेका छन् ।

सँगै, कर्मचारी नहुँदा इमिग्रेसन पास हुन नसक्ने हुँदा जहाज समेत छुट्ने खतरा बढेको यात्रुहरुको भनाइ छ । यात्रुका अनुसार अध्यागम काउण्टरका सबै कुर्सी खाली छन् ।

झण्डै आधा घण्टादेखि यो क्रम जारी रहेको यात्रुहरुले गुनासो गरेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

पृथ्वी राजमार्ग सञ्चालनमा आयो

बाढीका कारण बन्द रहेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ...

बाढीका कारण जलविद्युत आयोजनामा कार्यरत ९३४ जना सम्पर्क बिहिन, २५४ को उद्वार

भोटेकोशी बाढीको कारण क्षतिग्रस्त जलविद्युत आयोजनाहरुबाट ९३४ जना सम्पर्क...

८७ वर्षीया राणाद्वारा सरकारलाई १ करोड ९ लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड...

बुद्धले निःशुल्क राहत सामग्री ढुवानी गर्ने

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले बाढी प्रभावितहरुका लागि...

चेम्बरद्वारा प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्वार, राहत...