Saturday, August 29, 2026
spot_img
spot_img

दशैंको २ दिनमा ६३ हजारले गरे हवाइयात्रा

spot_img

रासस

बडादशैंको दुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् । असोज २४ गते फूलपाती र २६ गते ९महाअष्टमी÷महानवमी०मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार असोज २४ गते आन्तरिकतर्फ दुईतर्फी गरेर तीनसय एक उडानमार्फत १७ हजार तीनसय २९ र असोज २५ गते दुई सय ७८ उडानबाट १४ हजार चार सय ३६ गरी कुल ३१ हजार सात सय ६५ ले आन्तरिक उडानमा हवाई यात्र गरेका छन् ।

यस्तै अन्तर्राष्ट्रियतर्फ असोज २४ गते दुईतर्फी एकसय सात उडानमार्फत १६ हजार पाँच सय नौ र असोज २५ गते पनि एकसय सात उडान हुँदा १४ हजार नौ सय ६८ गरी कुल ३१ हजार चार सय ७७ ले हवाईयात्रा गरेको विमानस्थल कार्यालयले जनाएको छ । यो उडान र यात्रु सङ्ख्या आगमन र प्रस्थान दुवैको हो ।
यसअघि यही असोज १४ गते एकैदिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएका थिए । ती उडानमार्फत सोही दिन ३५ हजार सात सय चार जनाले हवाईयात्रा गरेका छन् ।

यही असोज ११ र १२ गतेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्धहुँदा हवाई उडानमा चाप भएको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप बढेपछि विमानस्थलको टर्मिनल भवना यात्रुको खचाखच भीडभाड थियो ।

अहिले हवाई उडान सामान्य बन्दै गएको विमानस्थल कार्यालयले जनाएको छ । यही असोज १३, १४, १५ र १६ गते हवाई उडान चाप बढेको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

ग्लोबल आइएमईको मोबाइल बैंकिङ एपमार्फत सरकारको उद्दार कोषमा सहयोग गर्ने सुविधा

ग्लोबल आइएमई बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट...

बाढीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर पैसा बाँड्ने २९ जना पक्राउ

त्रिशूली नदीमा आएको बाढीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर...

उद्योग परिसंघ सदस्यबाट ५ करोड २९ लाख सहयोग

नेपाल उद्योग परिसंघका सदस्य संस्थाबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार...

यी हुन् ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित ५ जिल्लाका १५ स्थानीय तह

भोटेकोशी बाढीका कारण अति प्रभावित १५ स्थानीय तह ‘विपद्...

पृथ्वी राजमार्ग सञ्चालनमा आयो

बाढीका कारण बन्द रहेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ...

बाढीका कारण जलविद्युत आयोजनामा कार्यरत ९३४ जना सम्पर्क बिहिन, २५४ को उद्वार

भोटेकोशी बाढीको कारण क्षतिग्रस्त जलविद्युत आयोजनाहरुबाट ९३४ जना सम्पर्क...