बैंककको थाई एयर एसियाले बुधबारदेखि बैंकक–काठमाडौँ व्यवसायिक उडान सुरु गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार थाई एयर एसियाले नेपालमा पहिलोपटक उडान सेवा सुरु गरेको हो ।
यस कम्पनीले बैंककबाट भैरहवा उडानको पनि अनुमति पाएको छ ।
पहिलो उडानमा बुधबार बैंककबाट १५६ यात्रु काठमाडौँ आएका थिए भने काठमाडौंबाट १५९ यात्रु बैंकक जानेछन् ।
थाई एयर एसियालाई प्राधिकरणले एक महिनाअघि हप्तामा ४ दिन भैरहवा र ३ दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न अनुमति दिएको थियो । यद्यपी, भैरहवामा कुन समयमा उडान गर्ने भन्ने तय भइसकेको छैन ।
५८ वटा जहाज भएको थाई एयर एसियाको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) युनिर्भसल टुर्स एण्ड ट्राभल्स रहेको छ ।









