आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै वायुसेवा कम्पनीहरुले बुधबारदेखी लागू हुने गरी हवाई भाडा घटाउने भएको छन् । वायुसेवा कम्पनीहरुले न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ५ सय रुपैयाँसम्मले गन्तव्यको दूरी अनुसार हवाई भाडा घटाउन लागेका हुन् ।
निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँका दरले इन्धनको मूल्य घटाएको छ । मूल्य घटेसँगै हवाई इन्धनको मूल्य प्रतिलिटर १३२ रुपैयाँबाट प्रतिलिटर १२६ रुपैयाँ कामय भएको छ ।
वायुसेवा कम्पनीले इन्धनको मूल्य बढ्दा इन्धन शुल्कवापतको लागत बढाउने र घट्दा घटाउने गरेका छन् । इन्धनको मूल्य घटेपछि वायुसेवाको इन्धनवापतको लागत पनि कम हुने भएकोले सोही अनुपातमा मूल्य घटाइने गरिएको एयरलाइन्स अपरेटर्स एसोसियशनले जनाएको छ । अहिले निगमले हवाई इन्धनको मूल्य घटाएकाले हवाई टिकटमा पनि सोही अनुपातमा भाडादर कम हुने बताइएको छ ।
कुन गन्तव्यमा फुयूल चार्ज कति कम हुन्छ भन्नेबारे केही समयमै जानकारी आउनेछ ।









