हालैको अविरल वर्षाले जनजीवन अस्तव्यस्त हुँदा सिम्रिक एयरले हेलिकप्टरमार्फत विभिन्न राजमार्ग आसपास फसेका २ सय यात्रुलाई उद्दार गरेको छ । बाटोमा अलपत्र परेका यात्रुहरुको उद्दारका लागि सिम्रिक एयरले धुलिखेललाई आधार बनाएर हेलिकप्टर सेवा सञ्चालन गरी करिब २ सय यात्रुको उद्दार गरेको हो ।
धुलिखेलबाट बिपी राजमार्ग अन्तर्गतको रोशी र नेपालथोक तथा त्यससँग सिमा जोडिएको रामेछाप जिल्लामाअलपत्र परेका बिरामी, घाइते एवम् अन्य यात्रुको उद्धार उडान सिम्रिक एयरले आईतबारदेखिनै प्रारम्भ गरेको थियो । आईतबार एउटा र सोमबार दुइ वटा हेलिकप्टर प्रयोग गरी करिब २ सय जना यात्रुलाई प्रकोपग्रस्त क्षेत्रबाट उद्दार गरी धुलिखेलसम्म ल्याइएको सिम्रिक एयरले जनाएको छ ।
उक्त प्राकृतिक प्रकोपका समयमा अन्य नियमित उडानलाई समेत स्थगन गरि प्रकोपग्रस्त क्षेत्रको उद्दारमा हेलिकप्टरहरु परिचालन गरिएको कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् ।
सिम्रिक एयरले आकस्मिक उद्दार उडान तथा फायर फाइटिङका क्षेत्रमा विगत २३ वर्षदेखि सेवा दिँदै आएको छ ।









