तारा एयरले पहिलोपटक जनकपुरबाट सोलुखुम्बुको लुक्लामा उडान गरेको छ । ताराले यो रुटमा पहिलो दिनमै ७ वटा उडान गरेको छ ।
काठमाडौँमा हवाई उडान चाप भएको र काठमाडौँबाट उडान अनुमति पाउनै मुस्किल भएपछि यात्रुलाई काठमाडौँबाट जनकपुर लगेर ताराले लुक्ला उडाएको हो । तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार ताराले जनकपूरबाट ३५ जनालाई लुक्ला लगेको छ भने लुक्लाबाट १०५ जना यात्रुलाई जनकपुर ल्याएको छ ।
काठमाडौँबाट यति एयरलाइन्सले जनपूर लगेका यात्रुलाई ताराले लुक्ला लगेको हो ।
यसअघि काठमाडौँबाट स्थलमार्ग हुँदै रामेछापको मन्थलीसम्म पर्यटकलाई लगेर त्यहाँबाट उडानमार्फत लुक्ला लैजाने गरिएको थियो । अहिले बाढी तथा पहिरोका कारण रामेछाप जाने सबै सडक सञ्जाल अवरुद्द भएपछि एयरलाइन्सले काठमाडौँबाट यात्रुलाई जनकपूर लगेर त्यहाँबाट लुक्ला लैजान थालेका हुन् ।









