Friday, August 28, 2026
spot_img
spot_img

बाढी पहिरोको कहरः यात्रुको चापले एयरलाइन्स कम्पनीलाई सकस

spot_img

तीन दिनको निरन्तर वर्षापछि स्थलमार्ग ठप्प प्रायः हुँदा यात्रुहरु हवाई यात्रातर्फ मोडिएका छन् । खासगरि काठमाडौँ प्रवेश हुने मुख्य राजमार्गहरु नै अवरुद्द हुँदा यात्रुहरुले सास्ती ब्यहोर्नु परिरहेको छ ।

गाडी नचल्दा यतिबेला एयरलाइन्स कम्पनीका टिकट काउण्टर र विमानस्थलमा यात्रुको चाप परेको एयरलाइन्स कम्पनीहरुले जनाएका छन् । अनलाइनमार्फत टिकट नपाएकाहरु पनि विमानस्थलस्थित विभिन्न एयरलाइन्सको काउण्टरमा पुग्दा टिकट पाइने आशामा एयरपोर्ट पुग्ने गरेका छन् । जसका कारण विमानस्थलमा चाप परेको छ ।

सबै सिट बुकिङ हुँदा एयरलाइन्स कम्पनीहरुलाई पनि उडानको व्यवस्थापन मिलाउन हम्मे हम्मे परेको छ । यात्रुको अत्याधिक चापका कारण काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानका तालिका प्रभावित भएका छन् । तोकिएको सेड्युल भन्दा २ घण्टा ढिलो गरी जहाजहरुले उडान भर्नुपर्ने बाध्यता रहेको विमानस्थलका अधिकारीहरुले बताएका छन् ।

यसैगरी, आइतबारबो सेड्युल उडान प्रभावित हुँदा पनि त्यसको चाप सोमबार परेको एयरलाइन्स कम्पनीहरुले जनाएका छन् । यति एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आइतबारको उडान आज गर्नुपर्दा र आज पनि थप सेड्युअल उडानको चाप बढ्दा उडानको व्यवस्थापन मिलाउन गाह्रो भएको हो ।

एयरलाइन्स कम्पनीका प्रतिनिधिहरु र विमानस्थलका अधिकारीहरुका अनुसार यात्रुको चाप अझै केही दिन लम्बिने देखिन्छ । हाल भइरहेका बुकिङले पनि करिब करिब दशैँसम्म नै यस्तै खालको चाप देखिने संकेत गरेको उनीहरुको भनाइ छ ।

‘यो चाप अझै केही दिन लम्बिने देखियो, यो हप्ता बाढी पहिरोको चाप कायम रहेपछि त्यसपछि त दशैँका लागि बुकिङ गरेकाहरुको उडान सुरु भइहाल्छ’ एक एयरलाइन्स कम्पनीका प्रतिनिधिले भने, ‘असोजको २० पछिका सबै उडान प्रायः दशैँका उडान हुन्छन् ।’

दशैँको मुखमा राजमार्ग प्रभावित हुँदा यसको सकस एयरलाइन्स कम्पनीहरुलाई परेको र तत्काल सबै राजमार्ग सवारीसाधन चल्न सक्ने गरी मर्मत सम्भार गर्न सकिने सम्भावना कम रहेकाले दशैँसम्मै एयरलाइन्स कम्पनीमा चाप कायम रहने अनुमान गरिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

इप्पानले ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप...

स्काईवेलको मूल्यले अवलोकनकर्ताको ध्यान खिच्यो, ‘इन्क्वायरी’ बढ्दै

भृकुटीमण्डपमा चलिरहेको ‘नाडा अटो शो २०२६’मा स्काईवेल ईभीको मूल्यलाई...

बाढी अपडेटः ४० किलोमिटर सडक क्षतिग्रस्त, ४१ वटा पुल ध्वस्त

बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण ४० किलोमिटर सडक...

नुवाकोटमा ७ मेगावाट विद्युत आपूर्ति, अत्यावश्यक सेवा सञ्चालनमा सहज

नुवाकोट जिल्लामा विद्युत आपूर्ति नियमित गर्न नेपाल विद्युत प्राधिकरणले...

महासंघ अध्यक्ष श्रेष्ठ र साउदीका राजदूतबीच भेट, दुइ देशबीच आर्थिक सम्बन्ध विस्तारबारे छलफल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका...

सानिमा बैंकको लाभांश घोषणा

सानिमा बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट लाभांश प्रस्ताव...