Friday, July 10, 2026
spot_img

काठमाडौँ–मन्थली सिँधा चार्टड उडान गर्दै तारा एयर

spot_img

तारा एयरले काठमाडौँ–मन्थली सिँधा चार्टड उडान गर्न लागेको छ । कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार लुक्लाबाट आएर मन्थलीमा रोकिएका पर्यटकलाई काठमाडौँ ल्याउन काठमाडौँबाट सिँधा रामेछापको मन्थलीमा उडान गर्न लागिएको हो ।

लुक्लाबाट मन्थलीसम्म हवाई उडानमार्फत पर्यटक फिर्ता ल्याएर त्यहाँबाट स्थलमार्ग हुँदै काठमाडौँ ल्याउने गरिएको थियो । तर, अविरल वर्षाका कारण रामेछाप–काठमाडौँको सडक सम्पर्क सबैतिर टुटेपछि ट्राभल एजेन्सीले तारा एयरको जहाज चार्टड गरेर पर्यटकलाई काठमाडौँ ल्याउन लागेको हो ।

ताराका प्रवक्ता बर्तौलाका अनुसार आज ४ वटा चार्टड उडानमार्फत मन्थलीमा फसेका पर्यटक र सहयोगीलाई काठमाडौँ ल्याइनेछ । यसका लागि ताराका २ वटा जहाजले २/२ पटक काठमाडौँ–रामेछाप उडान गर्ने उनको भनाइ छ ।

‘एक पटकमा १८ जनाजति ल्याउन सकिन्छ, आजै ४ फ्लाइट गर्ने गरि ट्राभल एजेन्सीले चार्टड गरेको हो’ उनले भने, ‘मौसमले साथ दिएको अवस्थामा आजै ४ फ्लाइट हुन्छ ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

साउनदेखि UDIN नम्बर अडिटरको मोबाइलमा मात्र आउने, इमेल सेवा बन्द

आगामी साउनदेखि अडिटरहरुले लिनु पर्ने Unique Document Identification Number...

आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६...

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...

सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...
spot_img