Saturday, September 5, 2026
spot_img

क्यान टुक्र्याउन कांग्रेसको प्रधानमन्त्रीलाई ध्यानाकर्षण, महानिर्देशकलाई हटाउनसमेत माग

spot_img

नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान)लाई सेवा प्रदायक र नियामक गरी दुइ निकायमा विभक्त गर्न आग्रह गरेका छन् । कांग्रेस सांसदहरुले क्यान एउटै निकायसँग सेवा प्रदान गर्ने र नियमन पनि गर्ने अख्तियारी हुँदा हवाई सुरक्षामा असर परेको भन्दै टुक्र्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

कांग्रेस नेताहरुले अन्तर्राष्ट्रिय नागरिक उड्डययन संगन (आईकाओ) र युरोपेली संघ (ईयू) दुबैले हालको नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकायमा विभक्त गर्न आग्रह गरेको वर्षौ भइसकेको समेत स्मरण गराएका छन् । सेवा प्रदायक र नियामक निकायमा विभक्त नगर्दा सन् २०१३ देखि हालसम्म ईयूले नेपालको उड्डययन क्षेत्रलाई कालोसूचीमा राखेको छ ।

कांंग्रेस सांसदहरुले प्रधानमन्त्री ओलीसँगको भेटमा प्राधिकरणको नेतृत्व हवाई सुरक्षामा संवेदनशील नभएको र महानिर्देशक प्रदीप अधिकारीको भूमिका सन्तोषजनक र जिम्मेवार नदेखिएको भन्दै उनलाई हटाउन समेत आग्रह गरेका छन् ।
प्रधानमन्त्रीसँगको भेटमा पार्टी सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, सांसदहरू उदय शमशेर राणा, राजन केसी, सञ्जय गौतम र राजेन्द्र बजगाई सहभागी थिए ।
कांग्रेस नेताहरुको कुरा सुनेपछि प्रधानमन्त्री ओलीले हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक गरी दुई निकाय बनाउने र यस सम्बन्धि विधेयक तयार गर्न विभागीय मन्त्रीसँग छलफल गर्ने बताएका छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आफ्नै गतिमा बग्न थाल्यो चमेलिया नदी, जलविद्युत आयोजना सुरक्षित

पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो...

नेपाल भित्रियो विश्व कै पहिलो Soluble Lead-Flow Battery, बन्न सक्छ PROR कै विकल्प

नेपालमा पहिलोपटक Soluble Lead-Flow Battery (SLFB) प्रविधि भित्रिएको छ।...

बाढीका कारण चीनमा फसेका १५५ जना तातोपानी हुँदै नेपाल फर्किए

भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका १५५ जना नेपाली शुक्रबार...

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...