Thursday, November 13, 2025
spot_img

क्यान टुक्र्याउन कांग्रेसको प्रधानमन्त्रीलाई ध्यानाकर्षण, महानिर्देशकलाई हटाउनसमेत माग

spot_img

नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान)लाई सेवा प्रदायक र नियामक गरी दुइ निकायमा विभक्त गर्न आग्रह गरेका छन् । कांग्रेस सांसदहरुले क्यान एउटै निकायसँग सेवा प्रदान गर्ने र नियमन पनि गर्ने अख्तियारी हुँदा हवाई सुरक्षामा असर परेको भन्दै टुक्र्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

कांग्रेस नेताहरुले अन्तर्राष्ट्रिय नागरिक उड्डययन संगन (आईकाओ) र युरोपेली संघ (ईयू) दुबैले हालको नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकायमा विभक्त गर्न आग्रह गरेको वर्षौ भइसकेको समेत स्मरण गराएका छन् । सेवा प्रदायक र नियामक निकायमा विभक्त नगर्दा सन् २०१३ देखि हालसम्म ईयूले नेपालको उड्डययन क्षेत्रलाई कालोसूचीमा राखेको छ ।

कांंग्रेस सांसदहरुले प्रधानमन्त्री ओलीसँगको भेटमा प्राधिकरणको नेतृत्व हवाई सुरक्षामा संवेदनशील नभएको र महानिर्देशक प्रदीप अधिकारीको भूमिका सन्तोषजनक र जिम्मेवार नदेखिएको भन्दै उनलाई हटाउन समेत आग्रह गरेका छन् ।
प्रधानमन्त्रीसँगको भेटमा पार्टी सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, सांसदहरू उदय शमशेर राणा, राजन केसी, सञ्जय गौतम र राजेन्द्र बजगाई सहभागी थिए ।
कांग्रेस नेताहरुको कुरा सुनेपछि प्रधानमन्त्री ओलीले हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक गरी दुई निकाय बनाउने र यस सम्बन्धि विधेयक तयार गर्न विभागीय मन्त्रीसँग छलफल गर्ने बताएका छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...

राष्ट्रिय परिचयपत्र भएकाले अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने

अब राष्ट्रिय परिचयपत्र भएकाले घर मै बसेर अनलाइनबाटै मतदाता...

सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने विश्वबैंकको प्रक्षेपण

विश्व बैंकले नेपालको आर्थिक वृद्धि सन् २०२५ मा चार...
spot_img
spot_img
spot_img