Thursday, July 2, 2026
spot_img

बुद्ध एयरको ‘रोयल क्लव’ अब पूर्ण डिजिटल, यात्रुलाई डिस्काउण्ट र निःशुल्क टिकट पनि

spot_img
spot_img

नयाँ वर्ष २०८३ वैशाख १ गतेदेखि बुद्ध एयरले आफ्नो ‘रोयल क्लब फ्रिक्वेण्ट फ्लायर’ कार्यक्रमलाई पूर्ण रुपमा डिजिटल तथा अनलाईन प्रणालीमा रुपान्तरण गरेको छ । नियमित हवाई उडान गर्ने यात्रुहरुका लागि दशकौंदेखि सञ्चालन हुँदै आएको यस कार्यक्रममार्फत लाखौं सदस्य लाभान्वित हुँदै आएका छन् ।

यात्रु सदस्यहरुले यस फ्रिक्वेण्ट फ्लायर कार्यक्रममार्फत उडानसँगै ‘माईलेज प्वाईण्ट’ जम्मा गर्न पाउनेछन् । निश्चित माईलेज प्वाईण्ट संकलन भएपछि यात्रु तथा तिनका परिवारका सदस्यले डिस्काउण्ट एवं निःशुल्क हवाई टिकट प्राप्त गर्न सक्नेछन् ।

सस्तो टिकटमा पनि माईलेज प्वाईण्ट बुध्द एयरले यसअघि रिफण्डेबल टिकट अर्थात वाई, ए र बी क्लासमा मात्र यात्रुलाई माईलेज प्वाईण्ट प्रदान गर्दै आएकोमा अबदेखि नन–रिफण्डेबल टिकटमा पनि माईलेज प्वाईण्ट प्रदान गरिने बुध्द एयरका सेल्स एण्ड मार्केटिङ डाईरेक्टर रुपेश जोशीले जनाएका छन् ।

अनलाईनबाटै माईलेज टिकट
अब यात्रुहरुले संकलित माईलेज प्वाईण्ट प्रयोग गरि बुध्द एयरको मोबाईल एप वावेवसाईटबाटै सजिलै टिकट काट्न सक्नेछन् । यसअघि यो सुविधा केवल सेल्स काउण्टर वा एयरपोर्ट काउण्टरमार्फत मात्र उपलब्ध थियो ।

उदाहरणको लागि काठमाडौंबाट पोखरा उडानमा नन रिफण्डेबल टिकटबाट यात्रुले ११२ माईलेज प्वाईण्ट प्राप्त गर्छन् भने सोही बराबरको अर्को पोखरा–काठमाडौं उडान टिकटमा रु. ११२ सम्मको सहजै डिस्काउण्ट प्राप्त गर्न सक्छन् ।

यात्रुहरुले जुनसुकै प्लेटफर्म वा ट्राभल एजेन्सीबाट टिकट काट्दा आफनो रोयल क्लब नम्बर उल्लेख गर्न बुध्द एयरले अनुरोध गरेको छ । यसले यात्रापछि प्राप्त हुने माईलेज प्वाईण्ट तथा डिस्काउण्टको सुविधा लिन सजिलो हुने बुध्द एयरले विज्ञप्तिमा उल्लेख गरेको छ ।

अन्य थुप्रै छुटहरु
रोयल क्लबका सदस्यहरुले सुपर मार्केट, ग्रोसरी पसल, होटल, रिसोर्ट, गिफ्ट सपबाट पनि माईलेज प्वाईण्ट प्रयोग गरि डिस्काउण्ट प्राप्त गर्न सक्नेछन् । यसका लागि रोयल क्लबले विभिन्न साझेदार संस्थासँग सहकार्य विस्तार गरिरहेको र इच्छुकहरुलाई सहकार्यका लागि आह्वान गरिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्थानीय तहको संख्या ब्यापक घटाउने सरकारको तयारी, यस्तो बन्यो मापदण्ड

२०७२ सालमा जारी भएको संविधान र त्यस यता कार्यान्वयनमा...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै

आयल निगममा वार्षिक वितरण हुँदै आएको करोडौको ओभरटाइम भत्ता...

नेपाल मर्चेन्ट बैंकर्स संघ र सेबोन अध्यक्षबीच पुँजी बजारका प्राथमिकताबारे छलफल

नेपाल मर्चेन्ट बैंकर्स संघका कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र...

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

मन्त्रिपरिषद बैठकले विभिन्न निर्णयहरू गरेको छ । सरकारका प्रवक्ता तथा...

सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक पारित

‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३...

जुनमा भित्रिए ९१ हजार विदेशी पर्यटक

सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी...
spot_img