Monday, August 24, 2026
spot_img
spot_img

५४ सयसम्म बढ्यो प्लेन भाडा, कुन गन्तव्यको कति ?

spot_img

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि हवाई यातायातको भाडा पनि बढेको छ । निगमले हवाई इन्धनको मूल्यभा भारी वृद्धि गरेपछि एयरलाइन्सको भाडा बढेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई कम्पनीहरु सँगको सहकार्यमा इन्धन चार्ज शुल्क बढाउँदै पर्यटन मन्त्रालयमा भाडार प्रस्ताव गरेको थियो । प्राधिकरणमा प्रस्तावित भाडादरमा मन्त्रालयले सहमति प्रदान गरेसँगै भाडादर बढेको हो ।

बढेको भाडादर अनुसार सबैभन्दा धेरै काठमाडौँ–धनगढी रुटको भाडा बढेको छ । यो रुटमा ५ हजार ४८० रुपैयाँ हवाई भाडा बढ्ने भएको छ ।

त्यसैगरी, काठमाडौँबाट हुने माउन्टेन फ्लाइटको भाडा ४ हजार २२५ सय रुपैयाँले बढेको छ । काठमाडौं–सुर्खेतको भाडादर ४ हजार २८५ सय रुपैयाँ र काठमाडौं–नेपालगञ्जको भाडादर ४ हजार ४५ रुपैयाँले बढेको छ । भैरहवा २ हजार ५ सय ५५,

काठमाडौं–भद्रपुरको ३ हजार ७२५, काठमाडौं–विराटनगरको २ हजार ९८० रुपैयाँ र काठमाडौं–राजविराजको २ हजार ५४० रुपैयाँ भाडा बढेको छ । यसैगरी काठमाडौं–तुम्लिङटारको २ हजार २९० रुपैयाँ, काठमाडौं–पोखराको १ हजार ९७० रुपैयाँ, काठमाडौं–जनकपुरको १ हजार ६ सय रुपैयाँ, काठमाडौं–चितवनको १ हजार ३३० रुपैयाँ र काठमाडौं–सिमराको १ हजार १२० रुपैयाँ भाडा बढेको छ ।

आयल निगमले चैत १७ गतेबाट लागू हुने गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १२४ रुपैयाँले बढाउँदै प्रतिलिटर २५१ रुपैयाँ कायम गरेको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी

नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए)...

जब एशियाका ४ देशमा एकसाथ ‘ब्ल्याकआउट’ भयो

अगस्ट १४, २०२६ को दिउँसो मध्य एसियाका चार देश—काजाकिस्तान,...

बीरगञ्जमा प्रोटोनको ११औँ सोरुमसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि....

टोयोटा विजय उत्सव सुरु हुँदै, दशैंसम्म आकर्षक अफर

टोयोटा नेपालले नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै अगस्ट...

कठोर सरकारी नीतिले पन्चकन्यालाई सास्ती, भत्काउँदै आफैँले बनाएको करोडौंको संरचना

भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) भित्र दोस्रो उद्योगका रुपमा...
spot_img