spot_img

जहाज दुर्घटना: भयानक मानवीय क्षतिको कारक सौर्य र क्यानको गम्भीर लापरबाही

spot_img

बुधबार बिहान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज धावनमार्ग छाड्नासाथ विमानस्थल परिसरभित्रै दुर्घटना भयो । काठमाडौँ एयरपोर्टबाट दर्ता नम्बर ‘९एन–एएमई’ भएको उक्त जहाज धावनमार्ग छोडेको २० देखि २२ सेकेण्डमै खस्यो र भिषण आगलागी भयो । जहाजमा यात्रारत क्याप्टेन मनिष शाक्यबाहेक सबै १८ जनाको मृत्यु भयो ।

उक्त जहाज नियमति उडान तालिका अनुसार यात्रु बोकेर उडेको थिएन, न त कुनै चार्टड फ्लाइट नै थियो । जहाज ‘कम्प्लिट चेक’ (सी–चेक)का लागि पोखरा जाँदै थियो । परीक्षण र मर्मतका लागि जाँदै गरेको जहाजमा किन त्यति धेरै यात्रु राखियो ? वा नियामक निकाय नेपाल नागरिक उड्डययन प्राधिकरण (क्यान)ले ‘सी चेक’का लागि जाँदै गरेको जहाजमा किन त्यति धेरै यात्रु बोक्न दियो ? यी प्रश्न स्वभाविक रुपमा उठेका छन् ।

नागरिक उड्डयन प्राधिकरणकै एक अधिकारीका अनुसार सी–चेकका लागि उडेको जहाजमा कम्पनीका प्राविधिकबाहेक असम्बन्धित व्यक्तिलाई चढाउन पाइँदैन । यतिसम्म की, यस्तो उडानमा ‘एयर होस्टेज’समेत राखिँदैन ।

तर, सौर्य एयरलाइन्सले आफ्ना कर्मचारीसहित कर्मचारीका परिवार र बालबच्चासमेत राखेर जहाजलाई उडायो । त्यसरी कम्पनीले असम्बन्धित व्यक्तिहरुलाई राखेर गम्भीर लापरबाही गरेको प्राधिकरणका पूर्वमहानिर्देशकसमेत रहेका पर्यटन मन्त्रालयका पूर्वसविच यज्ञप्रसाद गौतम बताउँछन् । उनका अनुसार ‘सी चेक’का लागि लैजाँदै गरिएको जहाजमा को को जाँदैछन् भनेर क्यानले हेरेर मात्रै उडान अनुमति दिनुपथ्र्यो ।

‘यस्तो उडानमा चालकदल र केही प्राविधिकबाहेक असम्बन्धित व्यक्तिलाई बोक्न मिल्दैन, सी चेकका लागि हिडेको जहाजले बाहिरी मान्छे पनि बोकेर उड्नु भनेको गम्भीर लापरबाही हो’ उनले भने, ‘क्यानले कसरी अनुमति दियो ? उसले त हेर्नुपथ्र्यो, तर क्यानले पनि लापरबाही गरेको जस्तो देखियो । अब सरकारले छानबिन आयोग बनाएको छ, यी विषयमा आयोगले अध्ययन गर्ला ।’

क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले पनि सी चेकमा जाँदै गरेको जहाजले चालकदल र इन्जिनियर वा प्राविधिकबाहेक अरु यात्रु बोक्न नपाउने बताएका छन् । तर, सौर्यले किन र कसरी असम्बन्धित व्यक्ति पनि बोक्यो भन्नेबारे अहिले नै केही भन्न नसकिने उनको भनाई छ ।

जहाज ५ हजार घण्टा उडेपछि सी–चेक गर्नुपर्छ, सी–चेकमा जान क्यानबाट ‘फेरी फ्लाइट’ (मर्मत गर्नुपर्ने जहाजलाई मर्मतस्थल उडाएर लैजानुलाई ‘फेरी फ्लाइट’ भनिन्छ) को अनुमति लिनुपर्छ । सौर्यको उक्त जहाजलाई क्यानले सी–चेकमा जान ‘फेरी फ्लाइट’को अनुमति दिएको हो । यस्तो उडानमा चालकदल र प्राविधिकबाहेक अरू यात्रु बोक्न पाइँदैन । टिकट काटेर यात्रु बोक्न होस् वा टिकट नकाटी प्राविधिक र चालकदलका आफन्त कोही कसैलाई पनि लैजान मिल्दैन ।

‘फेरी फ्लाइटको नियम अनुसार असम्बन्धित व्यक्ति बोक्नै पाइँदैन, नपाइने भएकाले दोहोर्‍याएर हेर्ने काम पनि हुँदैन’ क्यानका सूचना अधिकारी भुलले भने, ‘नियममा नै गर्न हुँदैन भनेको काम भएकाले अब सो उडानमा को को जान आवश्यक थियो वा थिएन भन्ने विषय छानबिनकै विषय रह्यो ।’

मर्मत गर्न जान लागेको जहाजमा १९ जना यात्रु हुनु नै सेवा प्रदायक सौर्य एयरलाइन्स र नियाम क्यानको गम्भीर त्रुटी भएको विज्ञहरु बताउँछन् । बुधबार अपरान्ह बिजनेश पानासँग कुराकानी गर्दै एक जना क्याप्टेनले मर्मतका लागि लैजाँदै गरिएको जहाजमा १९ जना यात्रारत हुनु अस्वभाविक विषय भएकाले सरकारले सौर्य एयरलाइन्स र प्राधिकरणमाथि नै स्वतन्त्र रुपमा छानबिन गर्नुपर्ने बताएका थिए ।

‘जहाज मर्मत गर्न हिडेको छ, सी चेकका लागि फेरि फ्लाइटको अनुमति लिएर हिडेको छ, तर जहाजभित्र १९ जना यात्रु हुनु स्वभाविक विषय होइन’ ति पाइलटले हामीसँग भनेका छन्, ‘मर्मतको उदेश्यले जान लागेको जहाजमा चालकदलका सदस्य र प्राविधिकबाहेक असम्बन्धित मान्छेहरु कसरी रहे ? यसकारण सौर्यले गम्भीर गल्ती त गर्‍यो नै, एकपटक को को जाँदैछन् भन्ने नहेरेर प्राधिकरणले झन ठूलो गल्ती गर्‍यो ।’

प्राधिकरणले हेरेको भएपनि दुर्घटना टथ्र्यो भन्ने होइन । तर, असम्बन्धित मान्छेहरु ओराल्न सकेको भए यति ठूलो मानवीय क्षति ब्यहोर्नु पर्दैनथ्यो भन्छन् क्यानकै एक जना पूर्व महानिर्देशक ।

‘सम्बन्धित एयरलाइन्स कम्पनीले लापरबाही गर्‍यो, क्यानले वास्ता गरेन’ ति पूर्व महानिर्देशक भन्छन्, ‘सम्बन्धित वायुसेवा कम्पनी र नियामक दुवैको लापरबाहीले ठूलो मानवीय क्षति हुन पुग्यो ।’

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल

पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ।...

मिड सोलु हाइड्रोपावरको लाभांश घोषणा

मिड सोलु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको...

एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक

ताप्लेजुङको ६ हजार ३५५ मिटर अग्लो दङ्गा पिक ३५...

‘बिजुलीको भ्याट हटाउने पहल सकारात्मक, ऊर्जामन्त्रीलाई धन्यवाद’

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले विद्युतमा...

राजपत्रमा छापियो पुँजीगत लाभकर घटाउने सरकारको निर्णय

पुँजीगत लाभकर घटाउने सरकारको निर्णय नेपाल राजपत्रमा छापिएको छ...

शेयर कारोबार स्थगन भएको विषयमा छानबिन गर्न धितोपत्र बोर्डले खटायो निरीक्षण टोली

नेपाल धितोपत्र बोर्डले आज सोमबार शेयर कारोबार स्थगन भएको...