Wednesday, August 26, 2026
spot_img
spot_img

नेपाल एयरलाइन्सको महाप्रबन्धको नियुक्ति चुनाव पछि मात्रै

spot_img

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को महाप्रबन्धकको नियुक्ति चुनावपछि मात्रै हुने भएको छ । नेपाल एयरलाइन्समा कात्तिक ८ देखि रिक्त रहेको महाप्रबन्धक अब चुनाव पछि बन्ने नयाँ सरकारले नियुक्त गर्ने भएको हो ।

सरकारले नेपाल एयरलाइन्समा महाप्रबन्धक नियुक्ति गर्ने प्रक्रिया अघि बढाएर १० जनाको सर्ट लिस्टसमेत प्रकाशित गरिसकेको थियो । तर, फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहतिा लागू भइसकेको भन्दै सर्वोच्चमा उजुरी परेको थियो । सर्वोच्च अदालतले आचारसंहिता लागू भइरहेका बेला नियुक्त गर्न नमिल्ने आदेश दिएको हो ।

यता, निर्वाचन आयोगले पनि नियुक्तिको सहमति दिएन । यससँगै, अब निगमको महाप्रबन्धक कम्तीमा नयाँ सरकार नबन्दासम्म खाली नै रहने भएको छ ।

यसकारण अब फागुन २१ मा हुने निर्वाचन पछिको मतपरिणामका आधारमा बन्ने नयाँ सरकारले नै निगमको महाप्रबन्धक नियुक्ति गर्नेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढी: यस्ता छन् आकष्मिक मन्त्रिपरिषद बैठकका १० निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को आपतकालीन बैठक सम्पन्न भएको...

भोटेकोशी बाढी: ५ जिल्लाका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल

प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण...

बाढी प्रभावित क्षेत्रका बासिन्दालाई दुई दिनको लागि फोन र डाटा निशुल्क

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले भोटेकोशीमा आएको...

यी हुन् बाढीले क्षति पुर्याएका ११ हाइड्रो, ४३० मेगावाट बिजुली प्रणाली बाहिर

भोटेकोशीमा आएको बाढीका कारण ११ वटा हाइड्रो पावरमा क्षति...

नाडामा सिएरा ईभी सार्वजनिक

नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रीक एसयूभी सिएरा ईभी सार्वजनिक...

सुनको भाउमा झिनो गिरावट

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...