बुद्ध एयरले २ जनवरी (पौष १८ गते) भद्रपुरमा भएको जहाज दुर्घटनाका बेला सहयोग गर्ने यात्रु उमेश मोक्तान तामाङलाई सम्मान गरेको छ । कम्पनीले काठमाडौंबाट भद्रपुरका लागि उडेको जहाज अवतरणका क्रममा दुर्घटनामा पर्दा सोही विमानका यात्रु उमेश मोक्तान तामाङले देखाएको सहयोग र साहसप्रति आभारी व्यक्त गर्दै १ लाख नगदसहित सम्मान गरेको हो ।
‘उहाँले समयमै अगाडिपट्टिको दायाँ ढोका खोल्न सहयोग गरी अन्य यात्रीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न पुर्याउनुभएको महत्वपूर्ण भूमिकाको उच्च कदर गर्दै आज भद्रपुरमा उहाँलाई रु. १ लाख नगद पुरस्कारसहित सम्मान गरिएको छ’ बुद्ध एयरले भनेको छ ।
संकटको घडीमा यात्रु मोक्तानले देखाएको तत्परता सबैका लागि प्रेरणाको स्रोत भएको पनि बुद्ध एयरले बताएको छ ।









