Sunday, July 5, 2026
spot_img

भ्रष्टाचार मुद्दा लागेपछि प्राधिकरणको महानिर्देशक बन्ने तिवारीको ‘तेस्रो प्रयास’ पनि असफल

spot_img

भक्तपुरको नलिनचोकमा हेलिपोर्ट निर्माणको क्रममा भ्रष्टाचार भएको ठहर गर्दै नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्द भ्रष्टाचारको मुद्दा दायर भएपछि प्रतापबाबु तिवारी महानिर्देशक बन्ने लाइनमा थिए । महानिर्देशक अधिकारीविरुद्द मुद्दा दायर भएसँगै उनी निलम्बनमा परे । त्यसपछि १२औँ तहमा उपमहानिर्देशक रहेका तिवारी महानिर्देशक बन्ने दौडमा थिए ।

तर, उनीविरुद्द पनि भ्रष्टाचारको मुद्दा लागेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा भ्रष्टाचार गरेको भन्दै अख्तियारले ८ अर्ब बिगो माग गर्दै तिवारीविरुद्द आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

५५ जना व्यक्तिहरुलाई प्रतिवादी बनाएर दायर गरिएको मुद्दामा क्यानको हाकिम बन्न तम्सिएका तिवारी पनि परेका हुन् । यति मात्रै होइन, अधिकारी निलम्बनमा परेपछि सरकारले पर्यटन मन्त्रालयका सहसचिवलाई महानिर्देशकको समेत काम गर्ने जिम्मेवारी दिएपछि तिवारीले क्यानभित्र आफू वरिष्ठतम् कर्मचारी हुँदाहुँदै मन्त्रालयका सहसचिवलाई महानिर्देशकको जिम्मेवारी दिएको भन्दै असन्तुष्टि जनाएका थिए ।

साथै, तिवारी ४ वर्ष अगाडी नै महानिर्देशकको दाबेदार थिए । तर, तत्कालिन पर्यटनमन्त्री प्रेम आलेले प्रदीप अधिकारीलाई नियुक्त गरिदिए । यसपाली माघमा अधिकारीको कार्यकाल सकिँदै थियो । त्यसपछि आफू महानिर्देशक बन्छु भन्ने दाउमा तिवारी थिए ।

तर, कार्यकाल सकिनु २ महिना अघि मात्रै अधिकारीलाई भ्रष्टाचारको मुद्दा लागेपछि तिवारीले झन हौसिएर अब तुरुन्तै सरकारले आफूलाई महानिर्देशकको जिम्मेवारी दिने दाबी गर्दै आफू निकटका व्यक्तिहरुलाई ब्रिफिङसमेत गरेका थिए । उनलाई महानिर्देशक बनाउनकै लागि केही महिनाअघि मात्र प्राधिकरणको कर्पोरेट निर्देशनालयको जिम्मेवारी दिइएको स्रोतको भनाइ छ ।

तर, अन्नतः उनीविरुद्द पनि भ्रष्टाचारको मुद्दा दायर भयो । महानिर्देशकको प्रमुख दाबेदारका रुपमा आफूलाई अघि सारेका तिवारी अब सम्भवतः क्यानको महानिर्देशक बन्न पाउने छैनन् ।

त्यसो त, तिवारीले महानिर्देशकको कुर्सी ताकेको यसपाली नै पहिलोपटक भने होइन । उनले राजनीतिक पहुँच मिलाएर तत्कालिन महानिर्देशक राजकुमार क्षेत्रीलाई हटाएर आफू महानिर्देशक बन्ने कसरत पनि गरेका थिए । शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला तिवारीले यो असफल प्रयास गरेका थिए । उनको गजबको काइदा छ थियो भने, उनी आफूलाई फाइदा हुने गरि कहिले एमाले र कहिले कांग्रेस बन्ने गर्थे भन्ने क्यानका कर्मचारीहरु बताउँछन् । यहीँ अस्त्र प्रयोग गरेर देउवा प्रधानमन्त्री हुँदा उनले राजकुमार क्षेत्रीलाई हटाएर आफूलाई क्यानको महानिर्देशक बनाउन देउवा निकटमा कुरा पु¥याएका थिए । तर, तत्कालिन सरकार नमानेपछि तिवारी हाकिम बन्न पाएनन् ।

दोस्रो प्रयासमा पनि प्रदीप अधिकारीले उछिने । तेस्रो प्रयास जारी रहेकै बेला मुद्दा लागेपछि तिवारीको महानिर्देशक बन्ने सपना करिब करिब सकिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नेपाली सडकमा ‘ईभी क्रान्ति’

नेपालका सडकमा केही वर्षअघिसम्म विद्युतीय सवारी (ईभी) को उपस्थिति...

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता र नवप्रवर्तन प्राथमिकतामा

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक...

इप्पानमा १६ वटा समिति र उपसमिति गठन, कुनको जिम्मेवारीलाई कसलाई ?

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विभिन्न समिति तथा...
spot_img