नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशकको जिम्मेवारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डंगोललाई दिइएको छ ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्द ख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनी निलम्बनमा परेका थिए । योसँगै क्यानको महानिर्देशकको पद रिक्त थियो ।
पर्यटन मन्त्रालयको समेत जिम्मेवारीमा रहेकी प्रधानमन्त्री सुशिला कार्कीले प्राधिकरणको कार्य सञ्चालनका लागि अर्को व्यवस्था नभएसम्म सहसचिव डंगोललाई महानिर्देशकको जिम्मेवारी दिएकी हुन् ।










