Monday, July 6, 2026
spot_img

सोलुका जनताको सास्तीः ‘पावर’ नलगाएसम्म नेपाल एयरलाइन्सको टिकट नै पाइँदैन

spot_img

सोलुखुम्बुको माप्य दूधकोशीका उजिर कार्की शनिबार अचानक काठमाडौँ आउनुपर्ने थियो । जरूरी काम परेपछि उनले जहाजमार्फत काठमाडौँ जानका लागि फाप्लुस्थित नेपाल एयरलाइन्सको कार्यालयमा फोन गरे । तर, एयरलाइन्सको कार्यालयबाट पहिले झै “टिकट छैन” भन्ने जवाफ आयो ।

कार्की मात्रै होइनन्, सोलुखुम्बुका सर्वसाधारणले जहाजको टिकटका लागि फोन गर्दा हरेक पटक पाउने जवाफ नै यहीँ हो । उनलाई जस्तै, धेरैलाई अत्यावश्यक काम परे पनि ‘सामान्य’ फोन, सामान्य शैली, सामान्य नागरिकको हैसियतमा जहाजको टिकट पाइन्छ भन्ने विश्वास लगभग गुमिसकेको छ । अन्ततः उनी सडकमार्ग भएर काठमाडौँ आउन बाध्य भए ।

“यो घटना व्यक्तिगत पीडा मात्र होइन, सोलुखुम्बुमा विमान सेवा कति अव्यवस्थित, कति पहुँचवाला व्यक्तिको कब्जामा र कति सर्वसाधारणविरोधी बनिरहेको छ भन्ने कठोर यथार्थ हो” सल्लेरीका रश्विन मगरले भने ।

त्यसो त, अहिले नेपाल वायुसेवा निगमले फाप्लु–काठमाडौँ रुटमा हप्तामा चार उडान गर्दै आएको छ । सोमबार, बुधबार, शुक्रबार र शनिबार हुने उडानमा सर्वसाधारणले सहजै टिकट पाउँदैनन् । निजी क्षेत्रका वायुसेवा कम्पनीहरूले अनुकुलता नदेखेर फाप्लु–काठमाडौँ उडान तालिका नै हटाएपछि सोलुखुम्बुवासी नेपाल एयरलाइन्सकै भर पर्नुपर्ने बाध्यतामा छन् । तर टिकट नपाउँदा उनीहरुका लागि उडान सेवा ‘आकाशको फल’ सरह बनिरहेको छ ।

यस रुटमा एक हिसाबले भन्ने हो भने नेपाल एयरलाइन्सको एकाधिकार नै छ । तर, सर्वसाधारणको पहुँच झन्–झन् सिमित हुँदै गएको छ। सर्वसाधारणले फोन गर्दा सधैँ ‘टिकट सकिसक्यो, सिट खाली छैन, अघिल्लो हप्तादेखि नै बुकिङ छ’ लगायतका जवाफ मात्रै सुन्ने गरेका छन् ।

तर, ‘माथिबाट सिफारिस आएपछि भने नेपाल एयरलाइन्सले तुरुन्तै टिकट दिने’ सर्वसाधारणहरुको दाबी छ । सल्लेरीका व्यवसायी महेश अधिकारी भन्छन्, “सामान्य मानिसले टिकट माग्यो भने ‘छैन’ भन्छन्, तर ठूला मान्छेले फोन गरेपछि तुरुन्तै टिकट निकालिदिन्छन् । फाप्लुमा अहिले पावर नलागाई एयरलाइन्सको टिकट पाउनु लगभग असम्भवजस्तै भएको छ ।”

सोलुकै सन्देश राईको अनुभव झन् कठोर छ । उनका अनुसार काठमाडौँबाट सोलु जाँदा समस्या छैन । तर सोलुबाट काठमाडौँ आउनु/जानु पर्दा भने टिकट पाउनु भनेको फलामको चिउरा चपाएसरह रहेको उनको भनाई छ ।

यता, नेपाल एयरलाइन्स फाप्लुका स्टेशन इन्चार्ज तेन्जी शेर्पा भने विदेशी पर्यटकहरू काठमाडौँ फर्कने भएकाले उनीहरूलाई प्राथमिकतामा राख्नुपर्दा सामान्य यात्रुलाई सिट दिन समस्या रहेका स्वीकार गर्छन् ।

सोलुखुम्बुबाट सजिै हवाई टिकट नपाएको गुनासो काठमाडौँको ट्राभल्स एजेन्सीमा समेत आउने गरेको छ । एक एजेन्सीका सञ्चालकका अनुसार टिकट नपाउने पटक पटक गुनासो आएपछि एयरलाइन्सको हेड अफिसमा पनि समस्या राखिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बिपी राजमार्ग बन्द

रोशी खोलामा पानीको सतह बढ्दै गएपछि बीपी राजमार्गमा सवारी...

‘नाडा अटो शो’ को स्टल बाँडफाँड सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाले भदौ ९ गतेदेखि १४...

नेपाली सडकमा ‘ईभी क्रान्ति’

नेपालका सडकमा केही वर्षअघिसम्म विद्युतीय सवारी (ईभी) को उपस्थिति...

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...
spot_img