Sunday, May 10, 2026
spot_img

हरेक हप्ताको शुक्रबार रामेछाप–काठमाडौँ नियमित उडान हुने

spot_img
spot_img

चाडवाडको समयमा हप्तामा ३ उडान हुँदै आएको रामेछाप–काठमाडौँ–रामेछाप रुटमा अब हप्तामा एक उडान मात्रै हुने भएको छ । नागरिक उड्डयन कार्यालय रामेछापका अनुसार अब हरेक शुक्रबार रामेछाप–काठमाडौँ–रामेछाप रुटमा हवाई हुने छ ।

शान्तिदीप युवा क्लब मन्थलीका अध्यक्ष सुरेश उदासको संयोजकत्वमा बिहीबार नागरिक उड्डयन कार्यालयका प्रतिनिधि र रामेछाप विमानस्थलबाट उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरूबीच भएको छलफलले रामेछाप–काठमाडौँ–रामेछाप रुटमा सातामा एक उडान गर्ने निर्णय गरेको हो ।

निर्णय अनुसार कार्तिक १४ गतेदेखि उडान आरम्भ हुनेछ । शान्तिदीप युवा क्लब मन्थलीका अध्यक्ष उदासका अनुसार सीता एयर, तारा एयर र समिट एयरले पालैपालो हरेक शुक्रबार यस रुटमा उडान गर्नेछन् ।

रामेछाप विमानस्थलबाट यसअघि हप्ताको तीन दिनसम्म उडान हुँदै आएको भएपनि चाडपर्व सकिएको र सडक यात्रा सहज बन्दै गएपछि यात्रुको चाप घटेका
कारण हप्तामा एक दिन मात्रै उडान सञ्चालन गर्ने सहमति भएको हो ।

निर्णय अनुसार कार्तिक १४ गते सीता एयर, कार्तिक २१ गते तारा एयर र कार्तिक २८ गते समिट एयरले रामेछाप–काठमाडौँ रुटमा उडान गर्नेछन् । यो तालिका प्रत्येक महिनाको पहिलो हप्तादेखि क्रमशः लागू हुनेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पान चुनावः विधान संशोधन प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्ष कार्कीलाई

ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को साधारणसभा (चुनावी साधारणसभा) जेठ...

आय आर्जन र सम्पत्ति सिर्जनालाई सहयोग गर्नेगरी बजेट ल्याउन परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि...

आगामी बजेटमा समावेश गर्न इप्पानले दियो ५३ बुँदे सुझाव

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले आगामी बर्ष...

युनाइटेड मोदी हाइड्रोको एजीएम सम्पन्न, नाम परिवर्तन गरेर होल्डिङ्ग कम्पनी बन्ने

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड १२ औं बार्षिक साधारणसभा  आज...

तत्काल यी काम भए ऊर्जाबाट नै समृद्धि सम्भव

सञ्जिव न्यौपाने, ऊर्जा उद्यमी आगामी पाँचदेखि सात वर्षभित्र नेपालको अर्थतन्त्र सय...

ई–बिडिङ प्रकरणमा बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा

ई–बिडिङ प्रकरणमा २२ जनाविरुद्द मुद्दा दर्ता भएको छ ।...
spot_img