Sunday, November 9, 2025
spot_img

हरेक हप्ताको शुक्रबार रामेछाप–काठमाडौँ नियमित उडान हुने

spot_img

चाडवाडको समयमा हप्तामा ३ उडान हुँदै आएको रामेछाप–काठमाडौँ–रामेछाप रुटमा अब हप्तामा एक उडान मात्रै हुने भएको छ । नागरिक उड्डयन कार्यालय रामेछापका अनुसार अब हरेक शुक्रबार रामेछाप–काठमाडौँ–रामेछाप रुटमा हवाई हुने छ ।

शान्तिदीप युवा क्लब मन्थलीका अध्यक्ष सुरेश उदासको संयोजकत्वमा बिहीबार नागरिक उड्डयन कार्यालयका प्रतिनिधि र रामेछाप विमानस्थलबाट उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरूबीच भएको छलफलले रामेछाप–काठमाडौँ–रामेछाप रुटमा सातामा एक उडान गर्ने निर्णय गरेको हो ।

निर्णय अनुसार कार्तिक १४ गतेदेखि उडान आरम्भ हुनेछ । शान्तिदीप युवा क्लब मन्थलीका अध्यक्ष उदासका अनुसार सीता एयर, तारा एयर र समिट एयरले पालैपालो हरेक शुक्रबार यस रुटमा उडान गर्नेछन् ।

रामेछाप विमानस्थलबाट यसअघि हप्ताको तीन दिनसम्म उडान हुँदै आएको भएपनि चाडपर्व सकिएको र सडक यात्रा सहज बन्दै गएपछि यात्रुको चाप घटेका
कारण हप्तामा एक दिन मात्रै उडान सञ्चालन गर्ने सहमति भएको हो ।

निर्णय अनुसार कार्तिक १४ गते सीता एयर, कार्तिक २१ गते तारा एयर र कार्तिक २८ गते समिट एयरले रामेछाप–काठमाडौँ रुटमा उडान गर्नेछन् । यो तालिका प्रत्येक महिनाको पहिलो हप्तादेखि क्रमशः लागू हुनेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आईपीओको तयारीमा रहेको मारुती सिमेन्ट्सद्वारा १० प्रतिशत लाभांश प्रस्ताव

मारुती सिमेन्ट्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले मङ्सिर...

स्वावलम्बन लघुवित्तले ऋणपत्र निष्काशन गर्ने

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ।...

कुन मूल्यमा भयो सागर डिस्टिलरीको पहिलो शेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सागर डिस्टिलरी लिमिटेडको शेयर कारोबार...

बढ्यो सुनको भाउ

आज आइतबार पनि सुनको भाउ बढेको छ । शुक्रबार...

आईसीएफसी फाइनान्सको लाभांश घोषणा

आईसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २३...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको...
spot_img
spot_img
spot_img