Wednesday, August 26, 2026
spot_img
spot_img

पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई प्रभावकारी रुपमा चलाउनुपर्ने महासंघ अध्यक्ष ढकालको भनाइ

spot_img

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । लेखनाथ उद्योग वाणिज्य संघ कास्कीको २९औं वार्षिक साधारणसभा तथा १५ औं अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटन र व्यापार विस्तारमा नयाँ सम्भावना खोलेको बताएका हुन् ।

हाल पोखरा विमानस्थलबाट हिमालय एयरलाइन्सले हप्तामा एक दिन नियमित उडान गरिरहेको, सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रलिया उडानको तयारी गरेको र भुटान एयरलाइन्सले चार्टर्ड उडानको योजना बनाएको सन्दर्भमा यसलाई नियमित गर्न सके पोखराको पर्यटन थप चलायमान हुने अध्यक्ष ढकालको भनाइ छ ।

पोखरा प्राकृतिक सौन्दर्यसँगै आर्थिक समृद्धिको विशाल सम्भावना बोकेको प्रदेश रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले कृषि, पर्यटन, जलविद्युत, सूचना प्रविधि, स्वास्थ्य र शिक्षालाई लगानी र उद्यमशीलताका लागि प्रमुख क्षेत्रको रूपमा पहिचान गरेर अघि बढनुपर्ने बताएका छन् ।

करिब तीन दशकदेखि स्थानीय व्यवसायको संरक्षण, प्रवद्र्धन, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा संघको योगदानको प्रशंसा गर्दै अध्यक्ष ढकालले लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायिक नीति निर्माण, साना तथा मझौला उद्यमको प्रोत्साहन र स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको धारणा राखे । कृषि क्षेत्रमा पोखराको उर्वर भूमि र अनुकूल जलवायुले धान, मकै, तरकारी र फलफूल उत्पादनमा ठूलो सम्भावना रहेको बताउँदै अध्यक्ष ढकालले स्थानीय जैविक उत्पादनको ब्रान्डिङ र बजार विस्तारमा जोड दिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...

एनआईसी एशिया क्यापिटललाई नयाँ म्युचुअल फण्ड योजना संचालनको अनुमति

नेपाल धितोपत्र बोर्डले एनआईसी एशिया क्यापिटललाइ नयाँ म्युचुअल फण्डको...

बाढीपछि भारत, चीन र विश्व बैंकले नेपाललाई सोधे ‘कस्तो सहयोग चाहिन्छ?’

विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग...

गत वर्ष भित्रियो २३६३ अर्ब रेमिट्यान्स

आर्थिक वर्ष २०८२/८३ मा विप्रेषण आप्रवाह ३७.१ प्रतिशतले वृद्धि...