Wednesday, August 26, 2026
spot_img
spot_img

सिम्रिक एयरद्वारा सिन्धुपाल्चोक ईन्द्रावतीको बाल स्कुललाई सहयोग

spot_img

सिम्रिक एयरले सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका वडा नं. ७ मा अवस्थित सानो संसार विद्यालयलाई सहयोग गरेको छ । एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त विद्यालयलाई संचालन खर्च, विद्यार्थीलाई पोशाक र अभिभावकहरुलाई कफीका बिरुवाहरु प्रदान गरेको छ ।

सिन्धु उत्थान केन्द्रले गैरनाफामुलक उदेश्यका साथ सञ्चालन गरिरहेको सानो संसार विद्यालयमा एक कार्यक्रम आयोजना गरेर सिम्रिक एयरका प्रवन्ध निर्देशक क्याप्टेन सिद्धार्थ जंग गुरुङ्गले सहयोग हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा सिम्रिक एयरका प्रतिनिधि, सिन्धु उत्थान केन्द्रका प्रतिनिधि, विद्यालयका शिक्षक विद्यार्थी लगायत स्थानीयको सहभागिता रहेको थियो ।

काठमाडौंबाट नजिक रहेता पनि भौगोलिक जटिलता भएको उक्त गाउँमा वालबालिकाहरुमा उच्च शिक्षा हासिल गर्ने मनोवल रहोस् भनी सो सहयोग हस्तान्तरण गरिएको सिम्रिक एयरले जनाएको छ । यस्तै, समुदाय स्तरमा खेती प्रवद्र्धन गर्न र नगदेवाली प्रवद्र्धन गरि जीबिकोपार्जनमा टेवा पुर्याउने उदेश्यले कफीका विरुवा सहयोग गरिएको कम्पनीले जनाएको छ ।

सिम्रिक एयरले समाजिक स्तरमा प्रत्येक बर्ष यस्ता कार्यक्रम गर्दै आईरहेको र यस प्रकारका कार्यक्रम Earth C Air Nepal संगको सहयोगमा समेत गर्ने गरेको छ ।

सिम्रिक एयरको सहयोगमा Earth C Air Nepal ले गोर्खाको खोर्लाबेसीमा अस्पताल निर्माण गरि सञ्चालनरत छ । उक्त सहयोग आदान प्रदान सिम्रिक एयरका सल्लाहाकार एवं Earth C Air का संस्थापक स्व. Capt. Daniel Burner को स्मृतीमा गरिएको समेत सिम्रिक एयरले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...

एनआईसी एशिया क्यापिटललाई नयाँ म्युचुअल फण्ड योजना संचालनको अनुमति

नेपाल धितोपत्र बोर्डले एनआईसी एशिया क्यापिटललाइ नयाँ म्युचुअल फण्डको...

बाढीपछि भारत, चीन र विश्व बैंकले नेपाललाई सोधे ‘कस्तो सहयोग चाहिन्छ?’

विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग...

गत वर्ष भित्रियो २३६३ अर्ब रेमिट्यान्स

आर्थिक वर्ष २०८२/८३ मा विप्रेषण आप्रवाह ३७.१ प्रतिशतले वृद्धि...