Tuesday, July 15, 2025

नेपाल एयरलाइन्स ६७ वर्षमा, ऋण दायित्व मात्रै ५० अर्ब पुग्यो

spot_img
spot_img

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ६७ वर्षमा प्रवेश गरेको छ । सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरेको थियो । यस अवधिमा नेपाल एयरलाइन्सले वाइडबडी ए ३३०–२०० सिरिजको विमान भित्र्याएर समेत सेवा दिइरहेको छ ।

निगमले हाल अन्तर्राष्ट्रियतर्फ भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबई र साउदी अरबको रियादमा उडान भर्दै आएको छ ।

निगमले दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० सिरिजका विमानमार्फत अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ ।

आन्तरिकतर्फ दुई थान ट्वीनअटर विमानमार्फत दुर्गम गन्तव्यमा सेवा दिइरहेको छ । विमान अभावले निगमको आन्तरिक बजार खस्कँदो छ ।

स्थापनाको ६७ वर्षसम्म आइपुग्दा निगमको ऋण दायित्व करिब ५० अर्ब पुगेको छ ।

वाइडबडी विमान खरिद गर्ने बेला कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिइएको ऋण र भएका विमानबाट सेवा प्रवाह चुस्त नहुँदा निगम ऋणले थलिएको हो । तर, ग्राउण्ड ह्याण्डलिङ सेवा र अन्तर्राष्ट्रिय गन्तव्यमा भएको व्यापार प्रवर्द्धनले केही राहत प्रदान गरेको छ ।

निगमका प्रवक्ता सुवास डाँगीका अनुसार हाल चारवटै वाइडबडी विमानमार्फत अन्तर्राष्ट्रिय गन्तव्यमा पूर्ण रुपमा उडान भइरहेका छन् । अन्तर्राष्ट्रियतर्फ थप नयाँ गन्तव्यमा उडान विस्तारका लागि पहल भइरहेको पनि निगमले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

सार्वजनिक यातायात क्षेत्रका दुइ महासंघबीच एकता गर्ने तयारी

सार्वजनिक यातायात क्षेत्रका दुइ ठूला छता संगठनबीच एकताको तयारी...

आईपीओको तयारीमा रहेको महानगर यातायातले १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याउँदै

काठमाडौँको ‘रिङ– रोड’मा सार्वजनिक यातायात सेवा दिँदै आएको महानगर...

ओझा निलम्बनमा परेपछि बीमा प्राधिकरण अध्यक्षमा पोखरेल, लिए सपथ

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको...

 माछापुच्छ्रे क्यापिटलद्वारा श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छ्रे क्यापिटल लिमिटेडले श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग...

ईभीको बढ्दो दुर्घटनाः प्रविधि असुरक्षित होइन, दोष कसको ?

अहिले सामाजिक सञ्जालमा विद्युतीय सवारी साधनको दुर्घटनालाई अस्वभाविक रुपमा...

एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी...
spot_img