Tuesday, February 10, 2026
spot_img

नेपाल एयरलाइन्स ६७ वर्षमा, ऋण दायित्व मात्रै ५० अर्ब पुग्यो

spot_img
spot_img

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ६७ वर्षमा प्रवेश गरेको छ । सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरेको थियो । यस अवधिमा नेपाल एयरलाइन्सले वाइडबडी ए ३३०–२०० सिरिजको विमान भित्र्याएर समेत सेवा दिइरहेको छ ।

निगमले हाल अन्तर्राष्ट्रियतर्फ भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबई र साउदी अरबको रियादमा उडान भर्दै आएको छ ।

निगमले दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० सिरिजका विमानमार्फत अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ ।

आन्तरिकतर्फ दुई थान ट्वीनअटर विमानमार्फत दुर्गम गन्तव्यमा सेवा दिइरहेको छ । विमान अभावले निगमको आन्तरिक बजार खस्कँदो छ ।

स्थापनाको ६७ वर्षसम्म आइपुग्दा निगमको ऋण दायित्व करिब ५० अर्ब पुगेको छ ।

वाइडबडी विमान खरिद गर्ने बेला कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिइएको ऋण र भएका विमानबाट सेवा प्रवाह चुस्त नहुँदा निगम ऋणले थलिएको हो । तर, ग्राउण्ड ह्याण्डलिङ सेवा र अन्तर्राष्ट्रिय गन्तव्यमा भएको व्यापार प्रवर्द्धनले केही राहत प्रदान गरेको छ ।

निगमका प्रवक्ता सुवास डाँगीका अनुसार हाल चारवटै वाइडबडी विमानमार्फत अन्तर्राष्ट्रिय गन्तव्यमा पूर्ण रुपमा उडान भइरहेका छन् । अन्तर्राष्ट्रियतर्फ थप नयाँ गन्तव्यमा उडान विस्तारका लागि पहल भइरहेको पनि निगमले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८३ हजार जनाले मात्र पाए शेयर

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...

चुनावसँग सम्बन्धित टिकटक भिडियो बनाएर ५० हजार जित्ने अवसर

निर्वाचन आयोगले चुनावसँग सम्बन्धित भिडियोहरुलाई पुरस्कृत गर्ने भएको छ...

चुनाव आउँन अब २३ दिन मात्र बाँकी, १०० वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउँन...

भुजुङ्ग हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...

सीडीएसकी प्रविन पन्दाकको नियुक्ति बदरको माग गर्दै रिट दायर

सीडीएससी एण्ड क्लियरिङ लिमिटेडकी प्रबन्ध संचालक प्रविन पन्दाकको नियुक्ति...

महासंघको पहलमा नेपाल आएको कतारी प्रतिनिधि मण्डल भेटघाटमा व्यस्त

नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा नेपाल आएको कतार चेम्बर...
spot_img