काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा हंशराज पाण्डे नियुक्त भएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकको जिम्मेवारी दिएको हो । उनी यसअघि प्राधिकरणको प्रवक्ता थिए ।
यसअघि काठमाडौँ एयरपोर्टमा महाप्रबन्धक रहेका जग्गनाथ निरौला प्राधिकरण आएका छन् ।









