Wednesday, August 26, 2026
spot_img
spot_img

पाँच हेलिकप्टर कम्पनीका १० पाइलट ग्राउण्डेड

spot_img

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ५ हेलिकप्टर कम्पनीका १० जना पाइलटलाई ग्राउण्डेड गरेको छ । प्राधिकरण स्रोतका अनुसार एकसाथ १० जना पाइलटलाई ग्राउण्डेड गरिएको हो।

हेलिकप्टर उडानको क्रममा फोटो तथा भिडियो खिच्दा जोखिम बढ्ने भन्दै प्राधिकरणले त्यस्तो काम नगर्न पटकपटक निर्देशन दिएको पनि निर्देशन नमान्ने पाइलटलाई ग्राउण्डेड गरिएको क्यान स्रोतले जनाएको छ ।

स्रोतका अनुसार ग्राउण्डेड हुने पाइलटहरुमा हेलि एभरेष्टका ४, एयर डाइनेष्टीका ३, प्रभु हेलिकोप्टरका १, मनाङ एयरका १ र अल्टिच्यूड एयरका १ जना रहेका छन् ।

क्यान स्रोतले बताए अनुसार उडान सुरक्षामा गम्भिर असर पर्ने गरी पाइलटहरुले फोटो र भिडियो बनाउने गरेपछि बाध्य भएर कारबाही गर्नु परेको हो । उनीहरुलाई अर्को निर्णय नभएसम्मका लागि ग्राउण्डेड गरिएको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना...

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...