Wednesday, August 26, 2026
spot_img
spot_img

बुद्धको ७२ सिटे जहाजद्वारा काठमाडौं–भरतपुर परीक्षण उडान

spot_img

बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले काठमाडौं–भरतपुर परीक्षण उडान गरेको छ । बुद्ध एयरको ७२ सिटे जहाज बिहिबार बिहान भरतपुर विमानस्थलमा अवतरण गरेको हो ।

बुद्धका पाइलटद्वय प्रमोद थापा र रवि श्रेष्ठले विमानको परीक्षण उडान गरेका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले विमानको उडान अवतरणको निरीक्षण गरेका थिए । अब प्राधिकरणमा बुद्धले परीक्षण उडानको रिपोर्ट बुझाउने छ । एक वा डेढ महिनाभित्र रिपोर्ट बुझाइने र एयरलाइन्सले चाहेमा दुई महिनाभित्र नियमित उडान गर्न सक्ने उपमहानिर्देशक कर्णको भनाइ छ ।

परीक्षण उडानका क्रममा नेपाल नागरिक उड्यन प्राधिकरणका इन्जिनियरहरु पनि सँगै रहेकाले उनीहरुले पनि रिपोर्ट बुझाउने छन् ।

हाल बुद्ध एयरको ४२ सिट क्षमताको जहाजले मात्रै काठमाडौं–भरतपुर र पोखरा–भरतपुर उडान गर्दै आएको छ । अब ७२ सिट क्षमताको जहाज पनि चलाउने तयारीमा कम्पनी छ ।

बुद्धले हाल भरतपुरबाट दैनिक ७ उडान गर्दै आएको छ ।

यसअघि श्री एयरलाइन्सको ७२ सिट क्षमताको जहाजले २०८१ असार ६ गते भरतपुर विमानस्थलमा परीक्षण उडान गरेर कार्तिकदेखि नियमित उडान गर्दै आएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना...

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...