Wednesday, August 26, 2026
spot_img
spot_img

पोखरा एयरपोर्ट निर्माणमा भएको भ्रष्टाचारबारे अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

spot_img

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणबारे अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

समितिले सांसद राजेन्द्र लिङ्देनको संयोजकत्वमा गठन गरेको उपसमितिले स्थलगत अध्ययन र अनुसन्धान पश्चात उक्त आयोजना निर्माणमा भ्रष्टाचार भएको भन्दै प्रतिवेदन तयार पारेको थियो । उक्त प्रतिवेदनमाथि बुधबार समितिमा भएको छलफलपछि थप अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिने निर्णय भएको हो ।

समितिको बुधबारको बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिने निर्णय भएको सभापति ऋषिकेश पोखरेलले बताए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना...

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...