Wednesday, August 26, 2026
spot_img
spot_img

वर्षाले उडान अवरुद्ध हुँदा मन्थलीमै रोकिए लुक्ला हिडेका पर्यटक

spot_img

बिहीबार बिहानैदेखि सुरु भएको वर्षाका कारण रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्ला विमानस्थलमा हुँदै आएको उडान अवरुद्ध भएको छ । उडान अवरुद्ध हुँदा सगरमाथा क्षेत्र घुम्न आएका पर्यटक रामेछाप सदरमुकाम मन्थलीमै रोकिएका छन् ।

वर्षाले लुक्लाको मौसम खराब हुँदा मन्थली–लुक्ला उडान हुन नसकेको मन्थली विमानस्थलका प्रमुख हिरण्य शाहले बताए । उनका अनुसार उडान अवरुद्द हुँदा मन्थलीबाट लुक्ला जाने र लुक्लाबाट मन्थली फर्कने पर्यटकलाई समस्या भएको छ ।

बिहीबार मन्थलीबाट लुक्ला जाने ५० जना भन्दा बढी पर्यटक मन्थलीमा रोकिएका छन् ।

अहिले वसन्त ऋतुकालिन सिजनको सगरमाथा क्षेत्र भ्रमण गरी फर्कने समय भइसकेकाले लुक्ला जाने भन्दा फर्कने पर्यटक धेरै हुन्छन् । चैतदेखि सुरू भएको यो सिजनको सगरमाथा आरोहण जेठ महिनासम्म चल्छ ।

सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका पर्यटकलाई दुई सिजनमा मन्थली विमानस्थलको प्रयोग गरी गन्तव्यसम्म पुर्‍याउने गरेको छ । चैतदेखि जेठ महिनासम्म र असोज पहिलो सातादेखि मङ्सिरको १५ गतेसम्म मन्थली विमानस्थलबाट लुक्ला पर्यटक लैजाने र ल्याउने व्यवस्था गरिएको छ ।

बिहानैदेखि मौसम खुलेको समयमा एकैदिन ८५० जनासम्म पर्यटक मन्थलीबाट लुक्ला पुग्ने गरेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना...

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...