Friday, July 10, 2026
spot_img

लिङ्देनले बुझाए पोखरा एयरपोर्ट बनाउँदा भ्रष्टाचार भएको निष्कर्षसहितको प्रतिवेदन

spot_img

संसदीय उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको अनियमितताका सम्बन्धमा स्थलगत अध्ययन सहितको प्रतिवेदन बुझाएको छ । लेखा समितिले गठन गरेको संसदीय उपसमितिका संयोजक एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले विमानस्थलको अध्ययन प्रतिवेदन लेखा समितिमा बुझाएका हुन् ।

लिङदेनले लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । गत असार १४ गते प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन–अनुगमन र छानबिन गरी रायसहितको प्रतिवेदन बुझाउन उपसमिति गठन गरेको थियो ।

उक्त उपसमितिको संयोजक लिङदेन थिए भने अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव र रुक्मणि राना सदस्य थिए ।

२४ अर्ब लगानीमा निर्माण भएको पोखरा विमानस्थल २०७९ पुसमा निर्माण सम्पन्न भएर उद्घाटन भएपनि हालसम्म व्यवसायिक रुपमा नियमित उडान हुन सकेको छैन । संसदीय उपसमितिले ठूलो रकम अनियमितता भएको निष्कर्ष निकाल्दै नागरिक उड्डयन प्राधिकरणका बहालवाला महानिर्देशक समेतलाई तत्काल निलम्बन गरेर कारबाही गर्न सिफारिस गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

साउनदेखि UDIN नम्बर अडिटरको मोबाइलमा मात्र आउने, इमेल सेवा बन्द

आगामी साउनदेखि अडिटरहरुले लिनु पर्ने Unique Document Identification Number...

आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६...

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...

सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...
spot_img