Wednesday, August 26, 2026
spot_img
spot_img

५ वर्षपछि नेपाल फर्किदै भारतीय वायुसेवा कम्पनी स्पाइस जेट, दैनिक उडान गर्ने

spot_img

भारतीय वायुसेवा कम्पनी स्पाइस जेटले ५ वर्षपछि नेपालमा उडान गर्ने भएको छ । भारतको निजी अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक कम्पनी स्पाइस जेटले वैशाख २७ गते (मे १०) देखि नेपालमा दैनिक एक उडान गर्न लागेको हो ।

स्पाइस जेटले नेपालका लागि जनरल सेल्स एजेन्ट (जीएसए)मा हिमालयन ग्लोबल ट्राभल सर्भिसेस प्रा.लि.लाई नियुक्त गरिसकेको छ । जस अनुसार उसले उडान तालिका समेत सार्वजनिक गरेको छ ।

स्पाइस जेटले दिल्लीबाट काठमाडौँका लागि १ सय ८९ सिट क्षमताको बोइङ ७३७ जहाजमार्फत उडान गर्नेछ । स्पाइस जेटले हरेक दिन बिहान ९ः५५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने र यहाँबाट १०ः५५ बजे दिल्ली फर्किने तालिका बनाएको छ ।

कम्पनीले काठमाडौँ–दिल्ली उडान गर्न प्रतियात्रु भाडा दर १७ हजार रुपैयाँ तोकेको छ । निकट भविष्यमा दैनिक २ उडान गर्ने कम्पनीको लक्ष्य छ ।

यसअघि पनि लामो समय नेपाल उडान गरेको स्पाइस जेटले कारोनापछि नेपलमा उडान बन्द गरेको थियो । ९७ जहाजबाट संसारका ९३ गन्तव्यमा उडान गरिरहेको स्पाइस जेट ५ वर्षपछि नेपाल फर्किन लागेको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना...

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...