Sunday, April 19, 2026
spot_img
spot_img

लुक्लाको मौसम खुलेपछि मन्थलीबाट उडान सुरु

spot_img
spot_img

सोलुखुम्बुस्थित लुक्लाको विमानस्थल क्षेत्रको मौसम खुलेसँगै आइतबार बिहानैबाट रामेछापको मन्थलीबाट लुक्लाको हवाइ उडान शुरू भएको छ । वसन्त ऋतुको सिजन शुरू भएपछि मन्थलीबाट हुँदै आएको लुक्ला उडान गत बिहिबार एकाएक लुक्लाको मौसममा खराबी आउँदा रोकिएको थियो ।

लुक्ला विमानस्थलमा मौसमका कारण उडान हुन नसकेपछि बिहीबार दिउँसोबाट मन्थलीमा रोकिएका ५ सय बढी पर्यटकलाई हेलिकप्टरमार्फत लुक्ला र विमानमार्फत फाप्लु विमानस्थल पुर्याइएको थियो ।

चार दिनपछि लुक्लाको मौसम खुलेसँगै आइतबार बिहानैदेखि मन्थली–लुक्ला उडान सुरु भएको मन्थली विमानस्थल प्रमुख हिरोण शाहले बताए ।

नागरिक उड्डयन प्राधिकरणले सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका पर्यटकलाई दुई सिजनमा मन्थली विमान स्थलको प्रयोग गरी गन्तव्यसम्म पुर्याउने गरेको छ । वसन्त ऋतुको चैतदेखि जेठ महिनासम्म र शरद ऋतुको असोज पहिलो सातादेखि मङ्सिर १५ सम्म मन्थली विमानस्थलमार्फत पर्यटकलाई लुक्ला लैजाने र ल्याउने व्यवस्था गरिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

रासस ताप्लेजुङमा रहेको विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटकको...

विदेशमा श्रमिक पठाउने विज्ञापनमा सम्पर्क विवरण खुलाउन वैदेशिक रोजगार विभागको निर्देशन

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा श्रमिक पठाउने इजाजतपत्र प्राप्त...

प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय

नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य बढाउने...

सेबोन अध्यक्ष श्रेष्ठद्वारा राजीनामा

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष शन्तोष नारायण श्रेष्ठले पदबाट...

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी कार्यक्रम...

रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नराख्न सरकारको आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी...
spot_img