Thursday, August 27, 2026
spot_img
spot_img

बाक्लो तुवाँलोले विमानस्थल ढाकेपछि काठमाडौँ एयरपोर्टमा उडान अवतरण प्रभावित

spot_img

‘भिजिबिलिटी’ नै कम हुने गरि बाक्लो तुवाँलोले विमानस्थल क्षेत्र ढाकेका कारण बिहीबार बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान अवतरण प्रभावित बनेका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अहिले ‘आइएफआर’ प्रविधिबाट उडान अवतरण गर्नुपर्दा जहाजको व्यवस्थापन ढिला भइरहेको छ ।

बिहिबार बिहान निर्धारित धेरैजसो उडान प्रभावित भएका थिए । अहिले पनि आकाशमा केही फन्को मारेपछि मात्र जहाजहरू अवतरण भइरकेका छन् ।

बिहानका पाँच वटा माउन्टेन फ्लाइट काठमाडौँबाट उडे पनि भिजिबिलिटी कम हुँदा अवतरण गर्न नसकेपछि अन्य विमानस्थलमा डाइभर्ट भएका छन् ।

विमानस्थलका अनुसार बुद्ध एयरका तीन वटा माउन्टेन फ्लाइटमध्ये दुइटा भैरहवा र एउटा जनकपुर डाइभर्ट भएका छन् । यती एयरलाइन्स र श्री एयरलाइन्सका एक–एक माउन्टेन फ्लाइट भैरहवा डाइभर्ट भएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

इप्पानले ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप...

स्काईवेलको मूल्यले अवलोकनकर्ताको ध्यान खिच्यो, ‘इन्क्वायरी’ बढ्दै

भृकुटीमण्डपमा चलिरहेको ‘नाडा अटो शो २०२६’मा स्काईवेल ईभीको मूल्यलाई...

बाढी अपडेटः ४० किलोमिटर सडक क्षतिग्रस्त, ४१ वटा पुल ध्वस्त

बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण ४० किलोमिटर सडक...

नुवाकोटमा ७ मेगावाट विद्युत आपूर्ति, अत्यावश्यक सेवा सञ्चालनमा सहज

नुवाकोट जिल्लामा विद्युत आपूर्ति नियमित गर्न नेपाल विद्युत प्राधिकरणले...

महासंघ अध्यक्ष श्रेष्ठ र साउदीका राजदूतबीच भेट, दुइ देशबीच आर्थिक सम्बन्ध विस्तारबारे छलफल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका...

सानिमा बैंकको लाभांश घोषणा

सानिमा बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट लाभांश प्रस्ताव...